नेकपा एमाले अहिले फुटेको छ । तत्कालीन एमालेका नेता माधव नेपाल नेतृत्वमा नयाँ दल एकीकृत समाजवादी गठन गरे सँगै बिधिवत रूपमै एमाले फुटेको हो ।
अहिले माधव नेपाल नेतृत्वको दललाई निर्वाचन आयोगले समेत मान्यता दिइृसकेको छ । संसदमा अहिले माधव नेपाल समूह छुट्टै दलको हैसियतमा प्रस्तुत हुन्छ ।
एमाले पार्टी फुटको बेला विभिन्न समीकरण हरू बनेका थिए । सबैभन्दा ठुलो समीकरण अहिलेका तेस्रो धार भनिएका नेहरु पार्टी अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री समेत रहेका केपी ओली समक्ष यस्तरी खनिएका थिए कि सायदै माधव नेपालले फुट्ने निर्णय गर्नुको पछाडि नेपालको जति हात छ त्यो भन्दा धेरै हात तेस्रो धारका नेताहरू भीम रावल, घनश्याम भुसाल, अष्टलक्ष्मी शाक्य , रघुजी पन्त, गोकर्ण विष्ट सुरेन्द्र पाण्डे लगायत नेताहरूको थियो भन्ने कुरा जुन घाम जतिकै छ ।
भिमरावल लगायत नेताहरूले त केपी ओली तानासाही भएको र ओलीको सत्ता बहिर्गमन एक मात्र सर्त रहेको पटक पटक भन्दै आएका थिए । तर पार्टी फुटको सङ्घारमा आई पुग्दा माधव नेपालको बुई चढेका नेताहरू दश बुधेको नाममा ओली सँगै मिसिएका छन् ।
ओली सँग मिसिए पछि उनीहरूलाई सहज भने छैन । पार्टी अध्यक्ष तथा प्रमुख प्रतिपक्ष दलको नेता समेत रहेका ओलीलाई स्पष्टै थाहा छ की तेस्रो धारका नेताहरूले दुख दिएकै कारण सत्ताबाट निस्किनु परेका कुरा । त्यसैले तेस्रो धारका नेताहरूलाई साइजमा राख्ने रणनीतिमा ओली रहेको बुझ्न सकिन्छ ।
ओलीलाई सत्तामा रहुन्जेल अप्ठ्यारो अबस्था मात्र सिर्जना गरेका तेस्रो धारका नेताहरू आफ्नै पार्टी अध्यक्ष र आफ्नै पार्टीको सरकार बहिर्गमनको लागि अदालतमा लाइन लागेर हस्ताक्षर गरेको कुरा सायदै ओलीले बिर्सेका छैनन् ।
त्यसैले एमाले अध्यक्ष समेत रहेका ओलीले तेस्रो धारलाई पेलेर तेल निकाल्ने र बदला लिने सोच बनाएको आकलन हुन थालेको छ । अहिले तेस्रो धारका नेताहरू पार्टी छोडेर माधव नेपाल तिरै जाने अवस्था पनि छैन किनभने माधव नेपालको दलमा लाग्दै गर्दा सांसद पद पनि जाने अवस्था छ ।
त्यसैले ओलीले एक पछि अर्को रणनीति अपनाउँदै विगतमा आफै विरुद्ध खनिएका नेताहरूलाई साइजमा ल्याउन पेलेर तेल निकाल्ने रणनीतिमा रहेका त हैनन् भन्ने शङ्का उब्जिन थालेको छ ।