शनिबार, साउन ९ २०८३
ताजा अपडेट

संविधान भनेजस्तो भएकै छैन, संसोधन गर्नका लागि सडकमा जानु पर्छ : प्रचण्ड


  • बुधबार, भाद्र ३० २०७८
9.6K
SHARES

फाईल तस्बिर

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संविधान संशोधनका लागि सडकमा आन्दोलनको आधि बेरी ल्याउनु पर्ने अवस्था आउन सक्ने बताएका छन् ।

पार्टीका तत्कालीन उपाध्यक्ष समेत रहेका पोस्ट बहादुर बोगटीको स्मृति दिवसको अवसरमा पार्टी कार्यालय पेरिस डाँडामा आयोजित प्रचण्डले संविधान बनाउदा खेरी नै आफूहरूले फरक मत राखेको बताउँदै जनभावना अनुसार संविधान संशोधन गर्नु पर्ने दिन आउने तर्फ उनको जोड थियो ।

दलहरू सँग सहमति गरेर जनपुर्नेमा जोड दिँदै सहमति भएन भने आन्दोलनै विकल्प रहेको बताएका छन् ।

दिवङ्गत नेता बोगटीलाई सम्झिँदै अध्यक्ष प्रचण्डले अहिले माओवादीका माथिल्लो तहका नेताहरू बिग्रिएको स्वीकार समेत गरे । तर, जनता र कार्यकर्ताहरु नबिग्रिएको र क्रान्तिकारी आन्दोलनका लागि तयार रहेको उनले बताए ।

‘क्रान्ति आन्दोलनमा जाने भनेपछि जुरमुराएर उठ्ने पङ्क्ति पनि यही पार्टीभित्र रहेको पनि देखेँ । लाखौँको सङ्ख्यामा सडकमा आउन तयार रहेछन्,’ उनले भने, ‘जनता बिग्रिएका पनि होइनन्, कार्यकर्ता पनि होइन, बिग्रिएका हामी माथिका नेताहरू मात्रै रहेछौँ । गुट बनाउँदा फाइदा हुन्छ भन्ने नेतृत्व पङ्क्ति मात्रै बिग्रिएको रहेछ भन्ने अहिले पुष्टि भएको छ ।’

प्रचण्डले देश देश झण्डैझण्डै प्रतिगमन र प्रतिक्रान्तितिर जाने अवस्थाबाट देशलाई आफूहरुले जोगाएको जिकिरसमेत गरे ।

सम्बोधनको क्रममा उनले दिवंगत नेता बोगटीलाई पटकपटक स्मरण गरे । बोगटीले नेतृत्वको आलोचना गरे पनि मुख्य नेतृत्वलाई सहयोग गर्ने भावना कहिल्यै नभुलेको स्मरण गरे ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा