वर्तमान अवस्थामा मुख्य सत्ता साझेदार दलका नेताहरू राज इतिहास भइसकेको र अब फर्किने भन्ने कुरा कल्पना गर्न नसकिने बताउँछन् । तर कमल थापा राजा र हिन्दु राज्य नै अहिलेको आवश्यकता हो भन्छन् ।
मुलुक अहिले गणतान्त्रिक व्यवस्थामा छ । लामो विरासत बोकेको राजसंस्था र हिन्दु राज्य ६२-६३ को आन्दोलन पछि बिदा भएको छ । नयाँ संविधान पाए सँगै मुलुक नयाँ गति र थिति सहित गणतन्त्रमा होमिएको बर्सौ भइसक्यो । तर राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा अहिले पनि राजाको रटान लाउन छोडेका छैनन् ।
वर्तमान सत्ता साझेदार दलहरू राजाको काम छैन राजसंस्था अब इतिहासमा मात्र वाकी रहेको बताउँछन् । चिहानमा पुगी सकेको राजसंस्था अब फर्केर नआउने नेताहरू हाकाहाकी बत्ताउँछन् । मुलुकबाट राजा हटी सकेको अवस्थामा अब राजसंस्था भनेर रटान मार्नु वाहियात भएको मुख्य दलका नेताहरूको अभिव्यक्ति छ । तर राप्रपाले अझै हिन्दु राज्य र राजाको मुद्दा बोकिरहेको छ ।
राप्रपा अध्यक्ष कमल थापा स्पष्ट सँग भन्छन् मुलुकमा राजसंस्थाको आवश्यकता छ । राजा नभएको मुलुकमा मियो बिनाको दाइ भएको मान्ने थापा अझै देशमा राजसंस्था फर्कने समेत विश्वास गर्छन् । हिन्दु राज्य र राजसंस्था नै आजको अबस्यकता रहेको थापा बताउँछन् ।
उता दश वर्ष सम्म हतियार गणतन्त्रकै लागि उठाएको बताउने माओवादी फुटेर तितर बितर छ । प्रचण्ड नेतृत्वमा माओवादी केन्द्र अहिले पनि सत्ता साझेदारको रूपमा छ । बाबुराम भट्टराई मधेस बादी दलतिर छन् । तत्कालीन माओवादीका नेता विप्लव अहिले छुट्टै दल दर्ता गरेको अवस्था छ भने बैद्यको पनि छुट्टै दल रहेको छ । गणतन्त्रकै लागि होमिएको भन्न रुचाउने दल माओवादी यसरी चिरा चिरा भएर चैटीनुले कतै माओवादी गणतन्त्र बादी थिएन कि भन्ने प्रश्न पनि आम सर्वसाधारणले उठाउने गरेका छन् ।
अहिले एमाले पनि फुटेर माधव नेपाल नेतृत्वमा समाजवादी पार्टी बनेको अवस्था छ । राप्रपा अध्यक्ष अहिलेको गणतन्त्रले मुलुक अगाडी नबढ्ने मुलुकमा हिन्दु राज्य र राजा आउनै पर्ने भनिरहँदा जनता पनि राजसंस्था प्रति लोएल बनेको देखिन्छ । राजप्रति सकारात्मक हुनुको पछाडि अहिलेको राज्य व्यवस्थाको गतिविधि जनतालाई चित्त नबुझेकै कारण जनता राजा प्रति लोएल भएको भन्ने अनुमान गर्न सकिन्छ ।
गणतान्त्रिक मूलकमा भएका दाल र सो दलका नेताहरूको बेबहारले जनताको चित्त नबुझी रहेको अवस्थामा बिदा भइसकेका राजा प्रति पुन जनताको आकर्षण बढ्न सक्ने अनुमान गर्न सकिन्छ ।