शुक्रबार, असोज ८ २०७८
ताजा अपडेट

पत्याउनु हुन्छ ? भिम रावल मन्त्री नपाएकै झोकमा विगतमा ओली सँग खनिएका थिए !


  • KTM Khabar
  • मंगलबार, भाद्र २९ २०७८
5.1K
SHARES

फाइल तस्विर

एमाले नटुक्रिएको अवस्थामा सबैभन्दा धेरै पार्टी अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी ओलीको आलोचना त्यो पनि कठोर तरिकाबाट आफ्नै पार्टी मित्रबाटै गर्ने पात्र थिए एमाले उपाध्यक्ष समेत रहेका भिम रावल ।

उनी ओलीलाई तानासाही मात्र भन्दैन थिए ओली तन्त्रको समाप्त गर्नु पर्छ ओलीले मुलुकका लागी घात गरेको कुरा हाकाहाकी भन्ने गर्थे । तत्कालीन प्रधान मन्त्री त्यो पनि दुइ तिहाई नजिक कम्युनिष्ट हरुको सरकार मुलुकमा भएको बखतमा जब तत्कालीन माओवादी केन्द्र र एमाले अलग भए त्यो बखत ओलीलाई गली मात्र हैन भिम रावल मिल्ने भए कुटौला जस्तो गरी आक्रामक अभिव्यक्ति दिने गर्थे ।

त्यति बेला एमालेमा प्रस्टै दुई खेमा देखिन्थ्यो । वरिष्ठ नेता माधव नेपाल खेमामा रहेर तेस्रो धारका मानिएका नेताहरू ओलीको आलोचनामा अग्रपङ्क्तिमा थिए । भिम रावल,घनश्याम भुसाल,योगेश भट्टराई, रघुजी पन्त गोकर्ण विष्ट लगायत अन्य केही नेताहरू ओली तन्त्र कसैगरी ढाल्नु पर्नेमा जोडतोडले लागेका थिए । ती मध्य पनि भिम रावल यस्ता पात्र थिए कुनै पनि हालतमा ओली प्रधानमन्त्रीबाट बहिर्गमन हुनु पर्ने ओली तानासाही भएको सबैभन्दा ठुलो स्वरमा कुर्लिन्थे ।

राजनीतिका पण्डितहरू भन्ने गर्छन् । भिम रावललाई ओली प्रधानमन्त्री भएकै बखतमा उपप्रधान मन्त्री सहित एउटा मन्त्रालय दिएको भए रावल  ओलीको प्रशंसक हुने बताउँछन् । रावल स्वयम पार्टी अध्यक्ष ओली सँग खनिनुको एक मात्र कारण मन्त्री नबनाएरै भएको एक थरीको बुझाई छ ।

अहिले समय फेरिएको छ । फेरिन पनि यस्तरी फेरिएको छ । एमालेमा हुँदा माधव नेपाल खेमामा रहेर ओलीलाई गालीको वर्षा गर्ने रावलले माधव नेपालले पार्टी फोडेर एकीकृत समाजवादी बनाए । तर रावल लगायत दोस्रो धारका नेताले सहयोग गरेनन् । बरु दश बुधे सहमतिको नाममा ओली नेतृत्वकै एमालेमा बसेको अवस्था छ ।

आमा सर्वसाधारण लाई नै अचम्म पर्ने गरी रावल एमालेमै अडिने यु टर्न हुनु अचम्मको संयोग हो या उनी एकताकै पक्षमा साँच्चै अडेका हुन बुझ्न मुस्किल छ । ओली नेतृत्वमै अडिनुले रावललाई ओलीले पार्टीको कार्यकारी अध्यक्ष दिन्छु भनेर पदमा लोलुप भएर माधव नेपालको साथ छोडेको समेत भन्न भ्याएका छन् ।

नेपाल पक्षका एक नेताका अनुसार रावल विश्वास घती र अवसर बादी भएको बत्ताउँछन् । माधव कमरेडलाई सबै भन्दा धेरै उचाल्ने र ओलीको सबैभन्दा धेरै विरोध गर्ने रावल प्रवृत्ति निति सिद्धान्त केही नभएर पद र प्रतिष्ठाका पछाडि भागेको आरोप छ । ओलीले ललिपप देखाएर खान गएको हुनु पर्छ ती माधव पक्षका नेता भन्छन्। ओलीले फेरी एक लात हानेपछि अबसरबादि भिमरावल हरूको होस खुल्ने पनि ती माधव पक्षका नेताको भनाई छ ।

ओलीले शुदुरपश्मि इन्चार्जबाट निकाली सकेको अवस्थामा अब आगामी दिनमा ओलीले आफूमाथि विगतमा खनिएका दोस्रो धारलाई तह लाउने रणनीतिमा रहेको एक जानकार बताउछन् । अब भिम रावल हरु न यता को न उताको हुने दिन आउन सक्ने समेत राजनीतिका विश्लेषक हरूको भनाई छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा