संशोधनसहितको बजेट पारित नहुँदै प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । मंगलबारको बैठक सुरु भएलगत्तै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसदहरूले नाराबाजी गरेका थिए ।
नाराबाजीकै बीच अर्थमन्त्री जनार्दन शर्माले पेश गरेको ‘विनियोजन विधेयक विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले पारित गरिएको छ । उक्त प्रस्ताव बहुमतले पारित गरेपछि बैठक असोज ४ गते बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको हो ।
बुधबार रातिदेखि जेठ १५ गते अध्यादेशमार्फत ल्याएको बजेटको वैधानिकता सकिँदैछ । त्यस्तो अवस्थामा सरकारले प्रतिस्थापन विधेयकलाई विरोधकै बीच अघि बढाएको हो ।
सभामुख अग्नि सापकोटाले प्रतिस्थापन विधेयक निर्णथार्य पेश गर्दा पनि एमालेका सांसदहरूले नाराबाजी गरिरहेका थिए । बैठक सुरु हुनेबित्तिकै एमाले सांसदहरूले वेल घेरेर नाराबाजी गरेका हुन् ।
त्यसपछि केहीबेर बजेट छलफल भयो । सभामुखले उठेका प्रश्नको जवाफ दिन बोलाएका अर्थमन्त्रीले जवाफ नदिइ छलफलमा सहभागी भएकोमा धन्यवाद मात्रै भन्नुभयो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।