शुक्रबार, असोज ८ २०७८
ताजा अपडेट

एमालेबाट खानुसम्म खाएर माधव नेपाल भागे, अब वडा सदस्य पनि जित्दैनन् – ओली


  • KTM Khabar
  • मंगलबार, भाद्र २९ २०७८
3.1K
SHARES

फाइल तस्विर

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालले अर्को पार्टी चलाउनका लागि नभइ एमाले कमजोर पार्नमात्र पार्टी फुटाएको आरोप लगाएका छन् ।

झापा जिल्ला कमिटीले विर्तामोडमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले १६ वर्षसम्म एमालेको नेतृत्व गरेर खानु खाएपछि पार्टीलाई रसातलमा पुर्‍याएर नेपाल आफैं राजीनामा गरेर हिँडेको बताए ।

ओलीले भने- ‘यो पार्टीको १६ वर्षसम्म महासचिव भए, विपक्षी दलको नेता भएर खाए, हामीले प्रधानमन्त्री बनाइदियौं । खानु खाएपछि २४० सिटमा जम्मा ३३ सिटमा झारेर मैले पार्टी चलाउन सकिन महासचिवबाट आफैं राजीनामा गरेर हिँडे । त्यसपछि त चुप लाग्नु पर्दैन ? फेरि दुःख दिन थाले अध्यक्ष चाहियो भनेर ।

आफूले माधव नेपाललाई प्रधानमन्त्री बनाए पनि काँध थाप्दा थाप्दै कांग्रेसले समेत सहयोग गर्दा पनि राजीनामा दिएर भागेको आरोप लगाए । पार्टी र सरकार चलाउन नसकेर भाग्ने अनि फेरि त्यही पद चाहियो भनेर पार्टीमा रडाको मच्चाउने काम नेपालले गरेको ओलीको आरोप छ ।

ओलीले भने- ‘हामीले काँधमा हालेका थियौं, तर म चलाउन सक्दिन भनेर भागे । राजीनामा दिएको हो, कसैले फालेको होइन । सकिन भनेर फालेर हिडेको होइन ? फेरि प्रधानमन्त्री चाहियो ?’

माधव नेपालको पार्टीले आउने चुनावमा एउटा वडा सदस्य पनि जित्न नसक्ने दावी गरे । उनले भने-प्रचण्डले हिजो ठीक कुरा गरेछन्, हामी त वडा अध्यक्ष पनि जित्न नसक्ने भयौं भनेर । माधव नेपालले त सदस्य पनि जित्न सक्दैनन् ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा