शुक्रबार, असोज ८ २०७८
ताजा अपडेट

अर्थमन्त्रीले भने : केही दिन सरकारको खर्च रोकिन पनि सक्छ


  • KTM Khabar
  • मंगलबार, भाद्र २९ २०७८
2.8K
SHARES

फाइल तस्विर

सरकारले नियमित प्रक्रियाबाट बजेट पारित गर्ने नीति लिएको छ । जेठ १५ गते अघिल्लो सरकारले ल्याएको अध्यादेशको प्रतिस्थापन विधेयक पारित नहुँदै संसद बैठक असोज ४ गतेसम्मका लागि स्थगित गरिएको छ ।

प्रतिस्थापन विधेयक भदौ ३० गतेसम्म पारित नभएपछि स्वतः निष्क्रिय हुनेछ । मंगलबारको प्रतिनिधिसभा बैठक स्थगित भएपछि पत्रकारसँग कुरा गर्दै अर्थमन्त्री जनार्दन शर्माले नियमित प्रक्रियाबाटै बजेट पारित गरेर अघि बढ्ने बताए ।

कर उठाउने विशेष व्यवस्था छ । त्यस अनुसार कर उठाउन सकिन्छ, ५/७ दिन खर्च नहुन पनि सक्छ, रोक्नुपर्ने अवस्था आयो भने रोकिन पनि सक्छ’ उनले भने ।

तर पेश्की खर्च नगर्ने मन्त्री शर्माले बताए । ‘पेश्की खर्च हुँदैन, अध्यादेश पनि आउँदैन, विधेयक पास भएपछि नियमित प्रक्रियाबाटै खर्च हुन्छ’ उनले भने ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा