शुक्रबार, असोज ८ २०७८
ताजा अपडेट

माधवको बुई चढेर आफ्नो चर्को आलोचना गर्ने तेस्रो धारलाई साइजमा ल्याउने ओली रणनीति !


  • KTM Khabar
  • मंगलबार, भाद्र २९ २०७८
16.2K
SHARES

फाइल तस्विर

नेकपा एमालेबाट विद्रोह गरेर नेकपा एकीकृत समाजवादी निर्माण गरेका माधव नेपालको पार्टीमा नगएर ओली सँगै एमालेमै बस्ने निर्णय लिएको तेस्रो तहका नेताहरूलाई ओलीले पुरानो जिम्मा नदिएपछि तेस्रो धारलाई साईजमा राख्ने ओलीको रणनीति बाहिरिएको बताइन्छ ।

विगतको समयमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री समेत रहेका ओलीको चर्को आलोचना मात्र हैन ओली तानासाही भएको भन्न भ्याउने माधव नेपालको बुई चढेर ओलीलाई झम्टिन मात्र वाकी राखेका तेस्रो धारका नेताहरू माधव नेपालले पार्टी अलग गरे सँगै दश बुधे सहमतिको नाममा एमालेमै बस्न त बसे तर ओलीले तेस्रो धार लाइ ठेगान लाएर साईजमा ल्याउने रणनिति ल्याए पछि बिलखबन्दमा परेको बताइनछ ।

माधव नेपालको आडमा भन्नु नभन्नु ओकल्दै ओली समक्ष खनिएका तेस्रो धारका नेताहरूलाई पहिलेको भूमिका ओलीले नदिए सँगै साई जमा आफै आउने ओलीको बुझाई रहेको बताइँदै आइएको छ ।

नेता नेपालले नेकपा (एकीकृत समाजवादी) गठन गरेपछि नेपालनिकट भीम रावल, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, घनश्याम भुसाल, भीम आचार्य, योगेश भट्टराई, गोकर्ण विष्ट, रघुजी पन्त, अमृत बोहरालगायतका नेताले नेपालसँगको राजनीतिक यात्रामा विश्राम लगाए । तर, पार्टी अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे सहमति अक्षरशः पालना गर्न नसकिने बताएपछि उनीहरूको राजनीतिक भविश्य नै संकटमा पर्ने आशंका भइरहेको छ ।

ओली समूहबाट सुवासचन्द्र नेम्वाङ र नेपाल समूहबाट भीम रावल संयोजक रहेको सो कार्यदलले गरेको प्रस्तावमा ‘पार्टीका सबै तहका कमिटी, निकाय र जनसंगठन नवौं महाधिवेशनबाट पारित राजनीतिक कार्यदिशा र कार्यदिशा र विधानको व्यवस्थाबमोजिम २०७५ साल जेठ २ गतेको (जेठ ३ गतेको केन्द्रीय कमिटीमा सदस्य मनोनयन गर्ने निर्णयसहित) संगठनात्मक अवस्थाबाट क्रियाशील हुने’ उल्लेख छ ।

तर पार्टी अध्यक्ष समेत रहेका ओलीले १० बुधे जस्ताको तस्तै पालना नगर्ने स्पष्ट अडान लिएपछी तेस्रोधारका नेताहरु अहिले छटपटाहटमा रहेको बुझिन्छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा