शनिबार, साउन ३० २०८३
ताजा अपडेट

एमालेको अवरोधकाबीच अगाडि बढ्यो संसद्, अर्थमन्त्रीद्वारा विनियोजन विधेयक पेश


  • मंगलबार, भाद्र २९ २०७८
7.1K
SHARES

फाइल तस्विर

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका बीच प्रतिनिधिसभा बैठक अगाडि बढेको छ । बैठकको कारबाही सुरु हुनासाथ एमाले सांसदहरु आ आफ्नो स्थानबाट उठेर वेल घेराउ गर्न पुगेका छन् ।

उनीहरुले नाराबाजी गरिरहेका बेला सभामुख अग्नि सापकोटाले अर्थमन्त्री जनार्दन शर्मालाई ‘विनियोजन विधेयकमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेश गर्न समय दिए । नारावाबाजीकै बीच अर्थमन्त्रीले सो प्रस्ताव पेश गरे । अहिले सो प्रस्तावमाथि छलफल भइरहेको छ ।

नेमकिपाका सांसद प्रेम सुवालले आफ्नो धारणा राखिरहेका छन् । एमाले सांसदहरुको नाराबाजी जारी रहेकाले छलफलमा भाग लिने सांसदहरुले आ आफ्नो स्थानबाटै धारणा राखिरहेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा