नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले प्रतिपक्ष विनै सभामुखले सदन चलाउँछु भन्ने हो भने चलाएर देखाउन चुनौती दिएका छन् । एक अनलाईन पत्रीका सँग कुरा गर्दै ज्ञवालीले सभामुख अग्नि सापकोटा कुनै एक दलको मान्छे जस्तो देखिएको बताउँदै सभामुख सबैको साझा हुनु पर्ने तर एमाले फुटाउन सभामुखले भूमिका खेलेको उनको आरोप छ ।
एमालेले कारवाहि गरेका संसद हरुलाई कारबाहीको सूचना टाँस नगरेर सभामुखले बिधिको शासनलाई उल्लङ्घन गरेको बताएका छन् । उनले प्रष्ट सँग भनेका छन् एमालेको बटमलाई १४ सांसदलाई कारबाही गर्नु पर्छ भन्ने हो । यो विषयमा सरकार र सभामुखले सोच्ने कुरा हो । बलिच्याई गरेर प्रतिपक्षबिनै सदन चलाउने हो भने हाम्रो भन्नु केही छैन ज्ञवालीले भनेका छन् ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले माधव नेपालसहित १४ सांसदमाथिको कारबाहीबारे सभामुखले सूचना टाँस नगर्ने हो भने ‘मार्ग प्रशस्त’ गर्नुपर्ने बताएको छ । सभामुखले जहाँबाट गल्ती गरेका हुन्, त्यहीँ फर्केर सच्याउनुपर्ने एमालेको ‘बटम लाइन’ छ ।
आइतबार सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक एमालेले बहिस्कार गरेको थियो । यद्यपि सभामुखलाई पत्र पठाएर एमालेले रेस्पोन्स गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीको दाबी छ । सधान मिचेर कुनै एक निहित दलको नेताजस्तो देखिएका सभामुखले राजिनामा गरेर मार्ग प्रसस्त गर्नु पर्ने एमालेले बताउदै आएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।