लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री शंकर पोखरेलले दुई महिनासम्म मन्त्री बनाउन नसक्नेले देश बनाउँछ बनेर विश्वास गर्न नसकिने बताउनुभएको छ ।
आफैले जारी गरेको अध्यादेशले आफ्नै पार्टी टुक्रिन्छ कि भनेर दुई महिनासम्म मन्त्रि बनाउन नसक्नेले देश वनाउँछु भन्दैमा पत्याउन नसकिने उहाँले बताउनुभएको हो ।
सामाजिक सञ्जालमा लेख्दै पोखरेलले देश बनाउँछु भनेर पत्याउनेलाई केही भन्न नसक्ने बताउनुभयो । उहाँले लेख्नुभएकाे छ, ‘आफैले जारी गरेको अध्यादेशले आफ्नै पार्टी टुक्रिन्छ कि भनेर दुई महिनासम्म मन्त्रि बनाउन नसक्नेले देश वनाउछ भनेर विश्वास गर्ने र त्यसलाई पत्याएर पछि लाग्नेहरुलाई के भन्ने र खै ?’
प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री भएको दुई महिनासम्म मन्त्रीपरिषद् विस्तार हुन सकेको छैन ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।