शनिबार, कार्तिक ८ २०८३
ताजा अपडेट

अर्को झन् खतरनाक निपाह भाइरस फैलन सक्ने चेतावनी सतर्क रहन अनुरोध


  • मंगलबार, भाद्र २९ २०७८
7.7K
SHARES

फाइल तस्विर

भारतमा संक्रामक रुप लिईरहेको निपाह भाईरसबाट सचेत रहन नेपाल सरकारले पनि सर्वसाधारणलाई आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण भएको निपाह भाइरस भारतमा फैलिदै गएको भन्दै सचेत रहन आग्रह गरेको हो ।

संक्रमित मध्ये ४५ देखि ७० प्रतिशत बढी मानिसको मृत्यु गराउन सक्ने भाइरस केही समय यता भारतमा देखिएको छ ।

नेपालसँगको खुल्ला सिमानाका कारण उक्त भाइरस नेपालमा पनि फैलिन सक्ने र महामारीको रुप लिनसक्ने चेतावनी पनि मन्त्रालयले दिएको छ ।

सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनले १० प्राणघातक रोग मध्येको एक निपाह पनि भएकाले उक्त रोगको मृत्यु दर ७० प्रतिशतसम्म रहेको बताउनु भएको छ ।

नेपालमा अहिलेसम्म यो रोगका विरामी फेला भने परेका छैनन् । ‘फूट ब्याट’ भनिने चमेरामा पाइने यो भाइरस चमेरोबाटै सँुगुर र बंगुरमा सरेको विश्वास गरिएको छ ।

सुँगुर र बंगुरबाट मानिसमा सर्ने गरेको यो रोगको लक्षणमा ज्वरो आउने, रिंगटा लाग्ने, टाउको दुख्ने, मांसपेशी दुख्ने, वाकवाकी लाग्ने, श्वास प्रश्वासमा कठिनाइ हुने र टन्सिल हुने चिकित्सकहरुले बताएका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा