पुर्वपश्चिम राजमार्ग अन्तरगत नवलपुरको गैँडाकोटमा यात्रुुबाहक बस र ट्रक एक आपसमा ठक्कर खाँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा परि २४ जना घाईते भएका छन् ।
गैँडाकोट नगरपालिका १० स्थित २३ स्मृति पुल नजिकै पूर्वबाट जादैँ गरेको सु।प्र।–०२–००१ ख ११२३ नं।को बस र विपरित दिशाबाट आउदैँ गरेको ना ६ ख ७१२६ नं।को ट्रक एकआपसमा ठक्कर खाई बस सडक देखि १० फिट तल खस्न जाँदा तीन जनाको मृत्यु भएको र २४ जना घाईते भएको प्रहरीले जनाएको छ ।
बिहान ४ वजे भएको सो दुर्घटनामा परि २ जना महिला र एकजना पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
मृतकहरुको परिचय खुल्न सकेको छैन । दुर्घटनामा परि घाईते भएकाहरुको नयाँ मेडिकल कलेज भरतपुरमा ज्यान गएको हो । अन्य घाईतेहरुको सोहि अस्पतालमा उपचार भैरहेको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।