शनिबार, साउन ९ २०८३
ताजा अपडेट

प्रेमिकाको अश्लिल भिडियो सार्वजनिक गर्ने प्रेमी पक्राउ


  • सोमबार, भाद्र २८ २०७८
10K
SHARES

काठमाडौँ । महानगरीय अपराध महाशाखाले सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राममा प्रेमिकाको अश्लिल फोटो, भिडियो पोष्ट गरी चरित्र हत्या गर्ने प्रेमी पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा दोलखाको बैतेश्वर गाउँपालिका-८ ठेगाना भइ काठमाडौं टोखास्थित धनेश्वर बस्ने २३ वर्षीय सुजन जिरेल रहेका छन्। जिरेललाई आइतबार महाशाखाको टोलीले काभ्रेको पाँचखालबाट पक्राउ गरेको हो ।

महाशाखाका अनुसार पक्राउ परेका जिरेलले आफ्नी प्रेमिकासँग प्रेम सम्बन्धमा रहँदा खिचिएका अश्लिल फोटो तथा भिडियोहरू प्रेमिकासँगको विवादपश्चात सामजिक सञ्जालमा पोष्ट गरेर चरित्र हत्या गरेका थिए ।

पक्राउ परेका जिरेललाई विद्युतीय कारोवार ऐन कसूरमा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाएको महाशाखाले जनाएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा