शनिबार, साउन ९ २०८३
ताजा अपडेट

सभामुख सापकोटाले १ घण्टासम्म केपी ओलीलाई हटलाइनमा फोन ‘ट्राई’ गरेपछि …


  • सोमबार, भाद्र २८ २०७८
9.7K
SHARES

तस्विरः फाइल

काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसदमा गरिरहेको अवरोधबारे छलफल गर्न सोमबार बसेको सर्वदलीय बैठकका लागि सभामुख अग्निप्रसाद सापकोटाले आफूले अध्यक्ष केपी शर्मा ओलीसँग कुरा गर्न १ घण्टासम्म फोन ‘ट्राई’ गरेको बताएका छन् ।

प्रमुख प्रतिपक्ष दल एमालेको उपस्थितिका लागि दलका नेता केपी शर्मा ओलीसँग फोन सम्पर्क नै हुन नसकेको जानकारी सभामुख सापकोटाले बैठकलाई दिएका छन् । सर्वदलीय बैठक आह्वानपछि आज सोमवार बिहान १ घण्टासम्म प्रयास गर्दा पनि ओलीलाई फोन सम्पर्क हुन नसकेको सभामुख सापकोटाले जानकारी गराएका छन् ।

‘ओलीजीको हटलाइनमा उहाँले १ घण्टासम्म सम्पर्क गर्ने प्रयास गर्नुभएछ । स्वीच अफ भएकाले सम्पर्क हुन सकेनछ,’ राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले भनिन् । कानून, न्याय तथा संसदीय मामिलामन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई सम्पर्क गर्दा उपस्थित हुन नसक्ने जानकारी दिइएको उनले बताएकी छन् ।

प्रमुख प्रतिपक्ष दल एमालेले ३ दिनदेखि गरिरहेको संसद् अवरुद्धका विषयमा बैठक भएकाले थप छलफल गर्ने गरी नेताहरू छुट्टिएका छन् । आगामी बैठकमा एमालेलाई समेत उपस्थित गराएर निष्कर्षमा पुग्ने सल्लाह भएको सांसद पौडेलले बताइन् ।

‘सदनको अवरोध खुलाउनका निम्ति बैठक बसेका थियौं । यो प्रमुख प्रतिपक्ष एमालेसँग सम्बन्धित थियो । एमाले नै सहभागी नभएपछि वास्तविक निष्कर्षमा पुग्न सकिएन,’ पौडेलले भनिन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा