विश्वकै दुर्लभ रोग ‘स्पाइनल मस्कुलर एट्रोफी’ बाट ग्रसित शुक्लागण्डकी-५ का ९ महिने उस्मान अलीको निधन भएको छ। कान्ति बाल अस्पतालमा उपचारकाे क्रममा उनको निधन भएको हो ।
उस्मान अली बचाउ अभियानका दमौली संयोजक मोहम्मद गफ्फार (सुदीप) ले उस्मानको मृत्युको पुष्टि गरेका छन्। निकै महङ्गो उपचार खर्च लाग्ने भएकाले देश तथा विदेशबाट उस्मानको उपचारका लागि सहयोग सङ्कलन जुटाउने कार्य भइरहेको थियो ।
करिब २६/२७ करोड उपचारमा लाग्ने भएकाले उपचार खर्च जुटेपछि उनलाई विदेश लैजाने तयारीमा परिवार रहेको थियो । तर विदेश लगेर उपचार गराउन नपाउँदै उनको निधन भएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।