शनिबार, साउन ३० २०८३
ताजा अपडेट

बास्कोटाको स्टाटस- ‘भरतमणिले जस्को क्यारिकेचर गरे पनि मेस्सीको चैँ गर्न सक्दैनन् ल !’


  • सोमबार, भाद्र २८ २०७८
11.2K
SHARES

फाइल तस्विर

नेकपा (एमाले) नेता गोकुल बास्कोटाले कलाकार भरतमणी पौडेलले सबैको क्यारिकेचर गरेपनि फुटबल स्टार लियोनल मेस्सीको भने गर्न नसक्ने बताएका छन् ।

मेस्सीको उच्च प्रशंसा गर्दै नेता बास्कोटाले भरतमणीबाट मेस्सीको क्यारीकेचर नहुने बताएका हुन् । उनले सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै गएराति भएको विश्वकप – २०२२ अन्तर्गत अर्जेनटीना र बोलिभियाबीचको छनौट खेल मिस गरेको तर भर्खर हेरेको बताउदै उक्त खेलमा मेस्सीको गोल उत्कृष्ट रहेको नेता बास्कोटाले बताएका छन् ।

‘आज अर्जेन्टीना र बोलभियाको खेल हेरेको थिइॅंन। भर्खर तानेर हेरेको क्या मिस गरेछु भने बयान गरी साध्य छैन रैछ,’ उनले भनेको छन्, ‘गोल चै दाम्मी गरेछन मेस्सीले। नेपालका भरतमणीले हेरे कि नाइॅं ? भरतमणीले जस्को क्यारीकेचर गरेपनि मेस्सीको चै सक्दैनन ल!’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा