शनिबार, साउन ९ २०८३
ताजा अपडेट

फुटेर लछारपाटो लागेन, फेरि कम्युनिस्टहरू एक ठाउँमा आउनु पर्ने बेला भयो : प्रचण्ड


  • सोमबार, भाद्र २८ २०७८
8.9K
SHARES

फाइल तस्विर

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २१ औं शताब्दीको समाजवादको मोडेलको खोजी गरिरहेकाहरू एकै ठाउँमा आउन जरुरी रहेको बताएका छन् ।

आइतबार राजधानीमा आयोजित पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले त्यसका लागि प्रयास पनि भइरहेको बताए । ‘२१ औं शताब्दीको वैज्ञानिक समाजवादको मोडल के हुन्छ भनेर खोज्नेहरू एक ठाउँमा आउन जरुरी छ,’ उनले भने, ‘यसको प्रयास पनि भइरहेको छ ।’

विभाजित भएर केही पनि नहुने भन्दै प्रचण्डले फेरि एकै ठाउँमा आएर हेर्नुपर्नेमा जोड दिए । ‘एक चरण विभाजित भएर हेरियो,’ नेकपा एसका अध्यक्ष माधव नेपालसमेत सहभागी कार्यक्रममा उनले भने, ‘त्यसरी लछारपाटो केही पनि लाग्नेवाला छैन । त्यसकरण फेरि एक ठाउँमा आएर हेरम् ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा