शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

एमसीसी नामको विषको थैलो लिएर अमेरिका नेपाल आउन खोज्दै छ : ऋषि कट्टेल


  • सोमबार, भाद्र २८ २०७८
8.4K
SHARES

तस्विरः फाइल

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले एमसीसी विषको थैलो भएको बताएका छन् । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सोमबार काठमाडौमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष कट्टेलले मुलुकको राष्ट्रिय स्वाधीनतामाथि धावा बोल्न एमसीसी नामको विषको थैलो लिएर अमेरिका नेपाल आएको बताएका हुन् ।

अमेरिका मुलुकको राष्ट्रिय स्वाधीनतामाथि धावा बोल्न एमसीसी नामको विषको थैलो लिएर नेपाल आएको हो ।  तथाकथित विकास, पैसो र अनुदानको नारा दिएर भ्रम सिर्जना गरेर नेपाललाई साम्राज्यवादको युद्ध अखडामा परिणत गर्ने षड्यन्त्र भैरहेको छ, यसलाई परास्त गर्न निरन्तर संघर्ष गर्नुपर्ने अवस्था आएको छ’, कट्टेलको भनाइ छ ।

उनले एकथरी मान्छेहरुले अमेरिकी सहयोग लिन इन्कार गर्नु विकास विरोधी कुरा भएको भन्ने गरेको भएपनि त्यो भनाइमा सत्यता नभएको बताए । उनले नेपालमा कम्युनिस्ट आन्दोलन जाजल्यमान भएकाले यसलाई समाप्त गर्न अमेरिका लागि रहेको बताए ।

नेपाली जनक्रान्तिको भट्टीमा नेपालका दलालहरु भट्टीमा छिट्टै पर्दैछन् भन्ने साम्राज्यवादीहरुले देखेका छन् । त्यसका लागि उनीहरु एमसीसीमार्फत विश्व साम्राज्यवादको नाइकेमार्फत अमेरिकालाई गुहार लगाएर नेपालमा सैनिक तागतद्वारा साम्राज्यवादी र दलालहरूको शासनसत्ता कायम राख्ने षडयन्त्रमा छन्’ अध्यक्ष कट्टेलको भनाइ छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा