शनिबार, साउन ९ २०८३
ताजा अपडेट

सभामुखलाई अर्को झट्का, ओलीले चाले यस्तो कदम


  • सोमबार, भाद्र २८ २०७८
9.9K
SHARES

तस्विरः फाइल

काठमाडौँ – प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटालाई अर्को झट्का लागेको छ ।

सभामुखले बोलाएको सर्वदलिय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली नजाने भएपछि झट्का लागेको हो ।

संसदको गतिरोध अन्त्यका लागि सभामुख सापकोटाले आह्वान गरेको सर्वदलीय बैठकमा ओली नजाने उनको सचिवालयले जनाएको छ । बैठकमा एमालेबाट प्रतिनिधि भने पठाइने अध्यक्ष ओलीको सचिवालयका सदस्य रामशरण बजगाईँले बताए ।

सभामुख सापकोटाले भने एमाले संसदीय दलको नेता ओलीलाई बैठकमा आमन्त्रण गरेका थिए । पुस ५ र जेठ ७ गतेको संसद् विघटनले सभामुख सापकोटा र ओलीबीच निकै दुरी बढेको छ ।

सभामुख सापकोटाले यसअघि बोलाएको सर्वदलीय बैठकमा पनि ओली सहभागी भएका थिइनन् ।

​सापकोटाले परामर्शका लागि बोलाउँदा यसअघि पूर्व सभामुख तथा एमाले संसदीय दलका उपनेता नेम्वाङ पनि सहभागी भएका थिए । आजको बैठकमा एमालेबाट नेम्वाङ नै सहभागी हुने बुझिएको छ ।

सभामुख सापकोटाको भूमिकामाथि प्रश्न उठाउँदै एमालेले २३ गतेबाट सुरु भएको संसद् बैठक निरन्तर अवरुद्ध गर्दै आएको छ ।

पार्टीले १४ जना सांसदलाई कारबाही गरेको सूचना नटाँसेको भन्दै एमालेले संसद् अवरुद्ध गर्दै आएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा