काठमाडौँ – चर्चित पत्रकार ऋषि धमला फेरी चर्चामा आएका छन् । बेलाबेलामा विभिन्न स्क्याण्डल बनाएर भाइरल बन्ने धमला फेरी नयाँ कुराले चर्चामा आउका छन् ।
उनले ६० बर्ष कटेका जेष्ठ नेताहरुलाई राजनीतिबाट सन्यास लिएर बस्न भनेपछि उनको चर्चा चुलिएको हो । उनले नयाँ पुस्ताहरुलाई राजनीति हस्तान्तरण गर्न शिर्ष नेतालाई सुझाव दिएका हुन् ।
नेताहरुले समय–समयमा मौसम परिवर्तन भए जस्तै आफ्नो बोली फेर्ने गरेको धमलाले एक अन्तर्वार्तामा बताएका छन ।
बिहान अन्तवार्ता लिएको नेताको बेलुका अर्को अन्तवार्ता लिदा पुरै सोच नै परिवर्तन भैसकेको हुने बताएका छन् । ‘अब हिजो प्रचण्डले एमसीसीको बारेमा एउटा कुरा गर्नुभयो आज अर्को कुरा गर्नुहुन्छ ।’ उनले भनेका छन् ।
उनले भनेका छन्, ‘भारत, चिनसँगको सम्बन्धको बारेमा हिजो एउटा कुरा आज एउटा कुरा दुई थरिका कुरा गर्दा चीनले बिश्वास गर्न नसक्ने बताएका छन् ।’
जुन किसिमले आन्दोलन गर्दा नेताहरुले जनताको समस्या समाधान गर्ने प्रतिबद्धता गरेका थिए, सबै कुराहरु सत्तामा पुगेपछि बिर्सीएको बताएका छन् ।
नेपाली कांग्रेसको सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा तीस वर्ष देखि नेपाली राजनीतिको केन्द्रबिन्दुमा रहेको तर अहिलेसम्म देशका नागरिकको लागि कुनैपनि स्मरणीय कार्य नगरेको बताएका छन ।
प्रधानमन्त्री देउवा पाँच पटक प्रधानमन्त्री हुँदा पनि देश, नागरिक, जनता र आउँने भावी नयाँ पुस्ताको लागि केही नगरेको बताएका छन् ।
अहिले देशमा कारोनाले भन्दा पनि भ्रष्ट्राचार धेरै मौलाई रहेको बताएका छन । नेपालमा दिन दिनै भ्रष्टचारीहरुको संख्या बढ्दै गइरहेको बताएका छन् ।