शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

प्रदेश १मा राजेन्द्र राईको फड्को : एमाले बाट संसद् जीते, पार्टी फोडेर संसदीय दलको नेता बने!


  • सोमबार, भाद्र २८ २०७८
8.6K
SHARES

तस्विरः फाइल

नेकपा (एकीकृत समाजवादी) प्रदेश १ संसदीय दलको नेतामा राजेन्द्र राई चयन भएका छन् । सोमबार बसेको संसदीय दलको बैठकले राईलाई दलको नेता चयन गरेको हो ।

पहिले एमाले बाट संसद् जीतेका राजेन्द्र राई पार्टी फोडेर बनेको एकीकृत समाजवादीको  संसदीय दलको नेता बन्न पुगेका छन् । उनी संसदीय दलको नेता बने सँगै प्रदेश १ को भीम आचार्य नेतृत्वको एमाले सरकार अल्पमतमा समेत परि सकेको छ ।

एमाले विभाजन भएसँगै निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी) रोजेका १० प्रदेश सभा सदस्यलाई मान्यता दिएसँगै सो पार्टीको दलको बैठक बसी संसदीय दलको नेतामा राईलाई चयन गरिएको हो ।

‘बैठकबाट हामीले राजेन्द्रजीलाई दलको नेता चयन गरेका छौं’, समाजवादीका अर्का सांसद राजन राईले भने, ‘आज प्रदेशसभामा दलको नेता चयन र भीम आचार्य नेतृत्वको सरकारलाई समर्थन नरहेको जानकारीसहितको पत्र पठाउने छौं ।

प्रदेशसभा सदस्यहरुले नेकपा एकीकृत समाजवादीको पक्षमा गरेको सनाखत शुक्रबार निर्वाचन आयोगले सदर गरेको थियो । राजेन्द्र राईसहिहत राजन राई, उपेन्द्र घिमिरे, सावित्रा रेग्मी, खिनु लङ्वा लिम्बू, गणेश काङ्माङ, कृष्णकुमारी राई, पदमकुमारी गुरुङ, सुनिता चौधरी र सरिता थापाले सनाखत गरेपछि एमालेले प्रदेशसभामा बहुमत गुमाएको छ।

बहुमत प्राप्त दलको नेताको रुपमा मुख्यमन्त्री नियुक्त भएका भीम आचार्य अल्पमतमा परिसकेकाले अब असोज ९ गतेभित्र उनले विश्वासको मत लिनुपर्छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा