शनिबार, साउन ९ २०८३
ताजा अपडेट

सभामुख सापकोटा र ओलीबिच पानी बाराबार, सभामुखले बोलाएको बैठकमा नजाने !


  • सोमबार, भाद्र २८ २०७८
9.1K
SHARES

तस्विरः फाइल

सभामुख अग्निप्रसाद सापकोटा र प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी ओलीबिच पानी बाराबारको स्थिति उत्पन्न भएको छ । ओली आफूले कारबाही गरेका १४ जना सांसदलाई कारबाही नगरेर एमाले फुटाउनलाई सभामुख अग्रसर भएको आरोप लागा उदै सभामुखसँग रुष्ट छन् ।

संसदको गतिरोध अन्त्यका लागि सभामुख अग्निप्रसाद सापकोटाले आह्वान गरेको सर्वदलीय बैठकमा ओली नजाने उनको सचिवालयले जनाएको छ ।

नेकपा एमाले पार्टीले आफूले कारबाही गरेका सांसदलाई सभामुखले कारबाही नगरेको कारण देखाउँदै संसद् बैठक अवरुद्ध गर्दै आएको छ । कारबाही गरिएका भनिएका माधव नेपाल सहित १४ सांसद नेकपा एकीकृत समाजवादी दल दर्ता गरी सकेको अवस्था छ । दल दर्ता गर्ने क्रममा एमाले फुटाउनलाई सभामुखले सहयोग गरेको आरोप ओलीले लगाउँदै आएका छन् ।

प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली सभामुखले बोलाएको सर्वदलीय बैठकमा नजाने भए संगै संसदको गतिरोध अन्त्य नहुने संकेत देखा परेको छ ।

सभामुख सापकोटाले भने एमाले संसदीय दलको नेता ओलीलाई बैठकमा आमन्त्रण गरेका थिए । पुस ५ र जेठ ७ गतेको संसद् विघटनले सभामुख सापकोटा र ओलीबीच निकै दुरी बढेको छ । सभामुख सापकोटाले यसअघि बोलाएको सर्वदलीय बैठकमा पनि ओली सहभागी भएका थिइनन् ।

सापकोटाले परामर्शका लागि बोलाउँदा यसअघि पूर्व सभामुख तथा एमाले संसदीय दलका उपनेता नेम्वाङ पनि सहभागी भएका थिए । आजको बैठकमा एमालेबाट नेम्वाङ नै सहभागी हुने बुझिएको छ ।

सभामुख सापकोटाको भूमिकामाथि प्रश्न उठाउँदै एमालेले २३ गतेबाट सुरु भएको संसद् बैठक निरन्तर अवरुद्ध गर्दै आएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा