शनिबार, साउन ३० २०८३
ताजा अपडेट

नेताहरु फतिमा सामु लम्पसार भएको पुष्टि, एमसीसीको समर्थनले बनिन फतिमा उत्साहित !


  • सोमबार, भाद्र २८ २०७८
9.1K
SHARES

तस्विरः फाइल

अमेरीका फर्किने क्रममा एमसीसी उपाध्यक्ष फतिमाले एमसीसी कम्प्याक्टलाई प्राप्त भएको समर्थनले उत्साहित भएको र गलत धारणालाई स्पष्ट पार्न सफल भएको बताए संगै प्रचार भए अनुसारको दलका नेताले एमसीसीको बिरोध नगरेको पुष्टी भएको छ ।

बाहिर जनताका सामु उग्र एमसीसीको विरोधमा उत्रिएका माधव नेपाल, प्रचण्ड लगतका नेताले एमसीसी उपाध्यक्षको भेटमा विरोध जनाउन नसकेको स्वदेश फर्कने क्रममा एमसीसी उपाध्यक्षले दिएको वक्तव्यबाटै प्रष्ट भएको एक जानकार बताउँछन् । जनतालाई आँखामा धुलो छर्नका लागि मात्रै एमसीसीको बिरोध गरेजस्तो गरेर फातिमाका सामु भने लम्पसार परेकै कारण एमसीसी पास हुने धारणा फातिमाको आएको शङ्का गरिएको छ ।

नेपालस्थित अमेरिकी दूतावासले फातिमाको भनाइ उद्धृत गर्दै जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मेरो भ्रमणको दौरानमा एमसीसी कम्प्याक्टलाई प्राप्त भएको समर्थनले म उत्साहित भएको छु । एमसीसीका सम्बन्धमा रहेका गलत धारणा र प्रश्नहरुलाई स्पष्ट पार्न हामी सफल भएका छौं ।’

उनले अब नेपाल सरकारले यसलाई अनुमोदन गर्नेमा समेत आफू विश्वस्त रहेको उल्लेख गरेकी छन् ।

नेपाल भ्रमणमा रहँदा एमसीसी उपाध्यक्ष सुमार नेतृत्वको टोलीले प्रमुख राजनीतिक दल, सांसद, निजी क्षेत्र लगायतका विभिन्न पक्षहरुसँग एमसीसीको बारेमा परामर्श गरेको थियो । टोलीले विशेषत एमसीसीले प्रदान गर्ने आर्थिक अवसर र सम्झौतामा रहेका केहीको बुँदाको स्पष्टीकरणका विषयमा कुराकानी गरेको काठमाडौंस्थित अमेरिकी दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । फातिमा नेतृत्वको टोली आइतबार साँझ स्वदेश र्फकेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा