शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

देउवाले पार्टीमा एकलौटी पेलेर जान खोजेपछि पौडेल पक्षले बोलायो बैठक !


  • सोमबार, भाद्र २८ २०७८
9.1K
SHARES

फाइल तस्विर

आसन्न नेपाली काँग्रेसको महाधिवेशनमा देउवाले पार्टीमा एकलौटी पेलेर जान खोजेपछि पौडेल पक्षले आफूनिकट केन्द्रीय सदस्या हरुको बैठक बोलाएको छ । देउवाको गृह जिल्ला डडेलधुरामा प्रहरी प्रशासनको दुरुपयोग गरी  स्थानिय तह ह रुको महाधिवेशन गराएकोमा पौडेल समूह रुष्ट बन्दै पार्टी सभापति देउवा लई भेटेरै ध्यानाकर्षण गराई सकेको छ।

बैठक आज  दिउँसो दुई बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको हो । विभिन्न जिल्लामा देखिएको क्रियाशील सदस्यताको विवाद र आसन्न महाधिवेशनबारे छलफल गर्न बैठक बस्न लागेको एक जना केन्द्रीय सदस्यले बताए ।

आजको बैठक महाधिवेशन निष्पक्ष होस् भनेर खबरदारीका लागि पनि हो,’ पौडेल निकट ती केन्द्रीय सदस्यले भने ।

कांग्रेस नेताहरुका अनुसार २१ जिल्लामा कांग्रेस क्रियाशील सदस्यता सम्बन्धी विवाद छ । विवादका कारण भदौ १८ मा गर्ने भनिएको वडा अधिवेशन असोजसम्म सारिएको छ ।

पार्टी सभापति देउवाले पेलेर आफु पुन पार्टी सभापति हुने दाउमा पार्टीमा आफ्नो मात्र पकड जमाउन खोजेको पौडेल पक्ष नेताहरुको आरोप छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा