शनिबार, साउन ३० २०८३
ताजा अपडेट

पेलेरै ठिक पार्छु भन्ने अग्नी सापकाेटालाई नसोचेको झड्का, एकाएक कांग्रेस पनि उभियो एमालेकै पक्षमा !


  • आइतबार, भाद्र २७ २०७८
13K
SHARES

तस्विरः फाइल

विगत केहि दिन देखी प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रनिनिधी सभाको बैठकमा लगातार अवरोध गरिरहेको छ । एमालेलाई पेलेरै अघि बढ्छु भन्ने सभामुख अग्नी सापकोटाको चाहनामा ब्रेक लागेको छ ।

यस अघिका दुईवटा बैठकमा एमालेको नाराबाजी र अवरोधका विच पेलरै संसद बैठक चलाएका सभामुख अग्नी सापकोटाले आज भने त्यो आँट गर्न सकेनन् ।

आज पनि एमालेले संसद बैठक सहज संचालनमा अवरोध गरे पछि सापकोटाले बाध्य भएर बैठक स्थित गरेका छन् ।

अब भदौ २९ गते १ बजे बस्ने गरि संसद बैठक स्थगित भएको छ आजको बैठक भने कार्यसुचीमानै प्रवेश गर्न सकेन । पहिलो पटक १५ मिनेटका लागी बैठक स्थगित गरेर एमाले सँग छलफल गरेका सभामुख सापकोटाले कुनै सहमती हुन नसके पछि बैठक नै स्थगित गरेका छन् ।

सभामुखसँगको बैठकमा एमाले नेताहरुसँग सहभागी भएका कानुनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले पनि सापकोटालाई पेलेरै बैठक चलाउँछु भन्ने नसोच्न सुझाव दिएका थिए । उच्च स्तरीय वार्ता गरेर अघि बढ्न कानुन मन्त्रीलेनै सुझाव दिए पछि सभामुख सापकोटा हच्चिएका थिए ।

एमालेले विरोधमा निरन्तरता दिएपछि सभामुखले एमालेसँग संवाद थालेका हुन् । छलफलमा सभामुख एमाले प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी र खगराज अधिकारी सहभागी थिए । उक्त छलफलमा कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि उपस्थित थिए । तर, सभामुखको सहमति प्रयास सफल हुन सकेन ।

छलफमा एमाले सांसदहरूले सभामुखलाई आफ्नो गल्ती सच्याउन आग्रह गरेका थिए । त्यो सच्याएपछि मात्रै सदन चल्ने अवस्था रहने उनीहरूको भनाइ थियो ।कानूनमन्त्री कार्कीले भने उच्चस्तरमै छलफल गरेर समाधान निकाल्न सभामुख सापकोटालाई सुझाव दिएका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा