शनिबार, साउन ९ २०८३
ताजा अपडेट

प्रचण्डका सुप्रिमोको निधन


  • आइतबार, भाद्र २७ २०७८
11.7K
SHARES

फाईल तस्बिर

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०५२ सालमा जनयुद्धको सुरुवात गरे । त्यतिवेला उनले गाउँ घेर्दै शहर कब्जा गर्ने रणनीति बनाएका थिए ।

यो रणनीति हो पेरु कम्युनिष्ट पार्टीका नेता गोन्जालोको । शनिबार उनको निधन भएको छ । प्रचण्डले उनलाई आफ्नो सुप्रिमो मान्दै आएका थिए ।

उनको निदनले क्रान्तिको एउटा मोडेल तत्कालका लागि अन्त्य भएको बताएका छन् । उनले सामाजिक सन्जालमार्फत यो धारणा सार्वजनिक गरेका हुन् ।

प्रचण्डले गोन्जालो वैचारिक निष्ठा, त्याग र समर्पणको प्रतीक बनेको भन्दै उनको निधनमा श्रद्धाञ्जली प्रकट पनि गरेका छन् ।

पेरुमा सशस्त्र क्रान्ति थालेका उनी आतंक फैलाएको आरोपमा सन् १९९२ देखि आजीवन काराबासको सजायँ भोग्दै आएका थिए । जेलमै रहेको अवस्थामा ८६ वर्षको उमेरमा शनिबार उनको निधन भएको हो ।

गोन्जालोले गाउँ घेर्दै शहर कब्जा गर्ने रणनीति अवलम्बन गरेका थिए । सोही रणनीति प्रचण्ड नेतृत्वको माओवादी जनयुद्धमा पनि अपनाइएको थियो ।

पेरूमा तत्कालिन फुजीमोरी शासनका विरूद्ध विद्रोहका नेतृत्व गरेका गोञ्जालोको शनिबार साँझ ६ः ४० मा एक सैनिक अस्पतालमा निधन भएको हो ।

जेलमै बिरामी परेका उनलाई उपचारका लागि सैनिक अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा उपचारकै क्रममा उनको निधन भएको पेरु सरकारका अधिकारीहरुलाई उदृत गर्दै एपीले जनाएको छ ।

पेरुमा लामो समयदेखि कम्युनिष्ट आन्दोलनको नेतृत्व गर्दै आएको साइनिङ पाथ र त्यसको नेतृत्व गर्दै आएका गोञ्जालोलाई सन १९९२ मा गिरफ्तार गरि बन्दी बनाइएको थियो ।

२९ वर्षको बन्दी जीवनकै क्रममा उनको निधन भएको हो । विश्वभरका कम्युनिष्ट पार्टीहरुले गोञ्जालोको रिहाइको माग गर्दै आएका थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा