शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

माधव नेपालका सम्धीको जागिर जोगियो, मन्त्री बन्दै


  • आइतबार, भाद्र २७ २०७८
12.5K
SHARES

फाइल तस्विर

काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका संम्धीलाई सर्वोच्च अदालतले सांसद पद जोगाइदिएको छ । नेकपा एकीकृत समाजवादीमा जान चाहेका एमाले सांसद तथा नेपालका सम्धी सोमप्रसाद पाण्डेको पद जोगाइदिएको हो ।

उनीसँग राष्ट्रिय सभाकी सांसद शारदा भट्टको पद पनि जागिएको छ । अदालतले उनीहरुलाई कारबाही नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

सांसद पाण्डे र भट्टले आफूहरु एकीकृत समाजवादीमा जान चाहेको तर निर्वाचन आयोगले सनाखत गर्न नमानेको भन्दै सर्वोच्चमा रिट दिएका थिए ।

उक्त रिटमा सुनुवाई गर्दै न्यायाधीश मीरा खड्काको एकल इजलासले आयोगसहितका विपक्षीलाई भदौ २९ गते छलफलमा बोलाएको छ । भदौ २९ गतेसम्म सांसद पाण्डे र भट्टलाई सांसद पदबाट कारबाही नगर्न पनि अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

नेकपा एकीकृत समाजवादी पार्टी दर्ताका क्रममा केन्द्रीय सदस्य र सांसदहरुको हस्ताक्षर सनाखत गर्ने क्रममा सांसद पाण्डे र भट्ट पनि निर्वाचन आयोग पुगेका थिए ।

तर निर्वाचन आयोगले दल दर्ताका क्रममा दिएको निवेदनमा उनीहरुको नाम नभएको भन्दै सनाखत गर्न अस्वीकार गरेको छ ।

यो आदेशले पाण्डेलाई मन्त्री बन्ने बाटो पनि खोलिदिएको छ । माधव नेपालको कोटाबाट उनी मन्त्री बन्ने पक्का छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा