शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

फेरी चिप्लियो प्रचण्डको जिब्रो, खोले पार्टी भित्रको लफडा


  • आइतबार, भाद्र २७ २०७८
10.4K
SHARES

फाईल तस्बिर

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बोलीको ठेगान नभएका नेताका रुपमा चिनिन्छन् । उनी मुख आएको कुरा फ्याट्टै बोलीहाल्छन् र पछि पछुत्ताउँछन् ।

आज फेरी प्रचण्डको जिब्रो चिप्लिएको छ । उनले आफू पार्टीभित्र एक्लै भएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

माओवादी केन्द्रले आफ्नो भागमा परेको मन्त्रालयका लागि मन्त्री छान्न सकिरहेको छैन् । संसदमा रहेका सबै सांसदले मन्त्रीको दावि गरेपछि उनी तनावमा छन् ।

त्यही भएर आफूले भनेको कोही पनि नेताहरुले मान्न छोडेपछि उनी निरास भएको छन् । त्यही निरासाका विच आफू पार्टीभित्र एक्लै भएको महसुस गरिरहेका छन् ।

उनले आइतबार माओवादी नेता परशुराम तामाङको पुस्तक विमोचन कार्यक्रममा माओले पार्टीमा आफू एक्लो महसुस गरेको छु भनेको सम्झिए ।

‘संसारभर माओवादीको बिगबिगी छ, माओ माओ भनेका छन् । तर आफ्नै पार्टीभित्र माओले म एक्लो छु भन्ने के फिल गरेछन्,’ उनले भने, ‘कहिलेकाहीं मलाई पनि शायद एक दुई वर्षपछि म पनि एक्लो हुने हो कि ? माओले जस्तै म पनि एक्लो छु भन्नुपर्ने हो कि ? त्यस्तो चित्र दिमागमा आउँछ ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा