नेकपा एमालेका अध्यक्ष कोपी ओली अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी मुलुकको हितमा नरहेको हाकाहाकी रूपमै अभिव्यक्ति सुनिन थालेको छ ।
केपी ओलीको सरकारबाट बहिर्गमन भएको २ महिनै भएको छैन तर ओलीको बोली स्पष्टै फेरिएको छ । प्रधानमन्त्री हुँदा अरू को कता छन् थाहा छैन तर म एमसीसीको पक्षमा छु भन्ने अभिव्यक्ति दिने ओलीको एकाएक अप्रत्याशित ‘यु–टर्न’ देखेर आम सर्वसाधारण अचम्म मान्दै छन् ।
ओलीको यु टर्न देउवा सँग बार्गेनिङका लागि भएको हो या साँच्चै एमसीसीको विपक्षमै गएका हुन बुझ्न कठिन छ । एमसीसी राष्ट्रघातक थियो भने हिजो सत्तामा हुँदा किन एमसीसीको पक्षमा छु भने र अहिले किन बिरोध गर्दै छन् भन्ने प्रश्न टड्कारो रूपमा उठेको छ ।
ओली प्रधानमन्त्री हुँदा सबैभन्दा धेरै एमसीसी पास गर्न लालायित देखिन्थे । उनका भाषणहरू एमसीसीको पक्षमा हुन्थे तर अहिले ठिक उल्टो एमसिसी पास गर्ने जिम्मा आफूहरूको नभएकाले अहिले धारणा बनाउन हतार गर्नु नपर्ने बताउछन्।
आज मात्र बसेको एमाले संसदीय दलको बैठकमा पनि ओलीले भने, ‘एमसिसीबारे छलफल भइरहेको छ। यो पास गर्ने जिम्मा हाम्रो होइन। हामीले सम्झौता गरेको पनि होइनौँ। संसदमा पेस भएपछि हामीले निर्णय लिन्छौँ भनेका छन् । एमसीसीको पक्षमा ओली यु टर्न किन भएका भन्ने सवाल आम सर्वसाधारणले उठाएका छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।