लेखक खगेन्द्र संग्रौलाले उत्ताउला सांसदलाई अदपमा राख्न नसके सभामुख जोगी हुनु पर्ने धारण आफ्नु सामाजीक संजालमा पोखेका छन् ।
उनले संसद विधिको निर्माण र पालना गर्ने, मर्यादाका लक्ष्मण रेखा कोर्ने पालना गर्ने र विवेकशील संस्कृतिको दृष्टान्त बन्ने थलो भएको भन्दै सांसदले हाकाहाकी सभामुखलाई ठोक्ने हो भन्दै कुर्लिएको भन्दै त्यस्ता सांसदलाई सभामुखले अदपमा राख्न सक्नु पर्ने बताएका छन् ।
उनले लेखेका छन्, ‘संसद विधिको निर्माण र पालना गर्ने, मर्यादाका लछुमन रेखा कोर्ने र पालना गर्ने र विवेकशील संस्कृतिको दृष्टान्त बन्ने थलो हो भन्ने सुन्या थेँ, सांसद भनिने जीव हाकाहाकी सभामुखलाई ठोक्ने हो भन्दै कुर्लिएको सुनेँ । यस्ता उत्ताउला सांसदलाई अदपमा राख्न नसके सभामुख जोगी हुनु बेस हो’ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।