मन्त्रिपरिषद् विस्तार गर्न बसेको सत्ता साझेदार पाँच दलको बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सम्पन्न बैठकमा सरकार विस्तारबारे छलफल भए पनि ठोस सहमति जुट्न नसक्दा मन्त्रिपरिषद् विस्तार अझै नहुने निश्चित छ ।
सत्ता साझेदार पार्टीले मन्त्रीको नाम नदिएको कारण मन्त्रीमण्डल बिस्तार हुन सकेको छैन । एमसीसी लगायत मुद्दामा सत्ता गठबन्धन भित्र बिवाद छ । त्यस कारण प्रधानमन्त्री देउवा सत्ता साझेदार दलको प्रेसरमा पर्नु र साझेदार दलहरू एमसीसीको विरोधमा हुनुले देउवाले मध्याबधि चुनावमै मुलुकलाई लैजान सक्ने राजनीतिका जानकारहरू बताउन थालेका छन् ।
प्रमुख प्रतिपक्षीले संसदमा अवरोधको रफ्तारलाई झनै मुठभेटतिर लैजानुले पनि देउवाको मनसाय चुनावमै जाने भएको हुन सक्ने एक राजनीतिक बिस्लेसक बत्ताउँछन् ।
प्रचण्ड र माधव नेपाल लगायत सत्ताधारी नेताहरू एमसीसीको पनि चर्को विरोध गर्ने मन्त्रीहरूको नाम पनि टुङ्गो नलाउनुले झनै देउवा सरकार आलोचित हुँदै आएको छ ।
प्रचण्ड लगाएता माधव नेपाल जस्ता नेताहरूलाई साइजमा ल्याउन पनि चुनाव नै गतिलो अस्त्र हुने बुझेका देउवाले अहिलेकै अवस्थामा चुनाव गर्ने हो भने कांग्रेस पार्टीले जितेर आउने अवस्था हुने र प्रचण्ड लगायत नेताहरु पनि साईजमा आउने देउवाको बुझाई भएकाले मुलुक चुनावमा जना सक्ने बताइएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।