नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमसीसी जबरजस्ती पास गर्न खोजे सरकारबाट बाहिरिने चेतावनी दिएका छन् । कुर्सीका लागि आफू सत्तामा नगएको बताउँदै नेपालले राष्ट्रको हित विपरीत कुनै पनि सम्झौतामा आफूहरूको सहमति नहुने उनले बताएका छन् ।
युवा सङ्घ नेपाल लुम्बिनी प्रदेश भेलाको उद्घाटन तथा पीपुल्स भोलेन्टीएरको घोषण गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले राष्ट्र हित भन्दा बाहेक कुनै पनि सम्झौता आफूहरूबाट नहुने प्रस्ट पारेका छन् ।
नेपालले भनेका छन् एमसीसी उपाध्यक्षलाई पनि नेपालको स्वाधीनतामा कुनै हस्तक्षेप नगर्ने हो भने मात्रै एमसीसीको विषयमा सोच्न सकिने कुरा बताएको उल्लेख गरेका छन् ।
नेता नेपालले एमसीसी लाई लक्षित गर्दै मुलुकको स्वाधीनतामा प्रश्न उठ्ने कुनै पनि सम्झौता आफ्नू पार्टीलाई स्वीकार्य नहुने र राष्ट्र र मुलुकको हितमा आफू र आफ्नो पार्टी रहेको बताएका छन् ।
नेकपा एमाले लाई केपी ओलीले आफ्नो निजी कम्पनी जसरी चलाएका कारण आफू अलग भएर नयाँ पार्टी खोलेको र नयाँ समाजवादी पार्टीले मुलुकभर तरङ्ग ल्याएको समेत उनले बताएका छन् बताएका छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।