शुक्रवार प्रतिनिधि सभाको बैठकमा एमाले सांसदहरूले सभामुखलाई आक्रमण गर्न मर्यादा पालकको काँध मात्र चढेनन् केही मर्यादा पालकलाई टोकेको र चिथोरेकोसमेत पाइएको छ । एमाले संसद्को सदन भित्रै बाँदर कार्य शैली देखिएको हो ।
आफ्नो दलको विरोधका बिच सभामुख अग्निप्रसाद सापकोटाले पेलेरै सभा सञ्चालन गर्न थालेपछि आक्रोशित र उत्तेजित भएका केही एमाले सांसदहरू मर्यादापालकको काँधमा चढेर सभामुखको आसनतर्फ जान खोजेका थिए । सभामुख र रोष्टममा बोलिरहेका अर्थमन्त्री जनार्दन शर्माको सुरक्षाको लागि हाते साङ्लो बनाएर बसेका मर्यादापालकलाई विरोध गरिरहेका सांसदहरूको पेलान रोक्न धौ धौ परेको थियो । मर्यादापलाकको हातेसाङ्लो तोडेर सभामुख र अर्थमन्त्रीलाई आक्रमण गर्न रोष्टम पुग्न केही सांसदले मर्यादापालकको हातमा समेत टोकिदिएका हुन् ।
शुक्रबारको प्रतिनिधि सभामा भएको गतिविधिको भिडियो तथा फोटोमाथि सामाजिक सञ्जालमा नकारात्मक टिप्पणी भइरहेको छ । सामाजिक सञ्जालमा भाइरल भइरहेको कान्तिपुर दैनिकका फोटो पत्रकारले खिचेको एक फोटोमा एमालेका एक सांसदले मर्यादापालकलाई टोकिरहेको देख्न सकिन्छ ।
पाखुराको कपडामा दाँत गाडिए पनि घाउ नलागेको र घाइते नभएको संसद् सचिवालय स्रोतले बतायो । यस्तै ५ जना मर्यादापालकको छातीमा टाँसेको आफ्नो नेमप्लेट समेत चुँडालिएको छ । पाखुरामा टोकिएका मर्यादापालको नाम उल्लेख नगर्ने सर्तमा स्रोतले भन्यो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।