शनिबार, साउन ३० २०८३
ताजा अपडेट

डडेलधुरा काँग्रेस अधिवेशनलाई लिएर रामचन्द्र पौडेल देउवा प्रति किन जङ्गिए ?


  • शुक्रबार, भाद्र २५ २०७८
10.7K
SHARES

फाइल तस्विर

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवा सँग एकाएक जङ्गिएका छन् । जङ्गिनुको कारण सभापतिको गृह जिल्लामा भएको काँग्रेस अधिवेशन रहेको छ । आसन्न अधिवेशनमा पार्टी सभापति र प्रधानमन्त्री समेत रहेका देउवाले गृह प्रशासनको दुरुपयोग गरेको आरोप देउवालाई लगाएका छन् ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै पार्टी सभापति तथा प्रधानमन्त्रीबाटै लोकतन्त्रकै उपहास गरेको बताए ।

नेपाली कांग्रेसका पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको जिल्ला डडेल्धुरामा जिल्ला सभापति तथा जिल्ला कार्यसमितिको सहमति र सहभागिता बेगर प्रशासनिक शक्तिको दुरुपयोग गरी नेपाली कांग्रेसको वडा अधिवेशन गराउनु लोकतन्त्रकै उपहास भयो’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

उनले पार्टीको सिद्धान्त र निष्ठा लोकतन्त्र भएपनि सभापतिबाट अलोकतान्त्रिक व्यवहार भएको बताएका छन् । आन्तरिक निर्वाचनमा यसरी शक्तिको दुरुपयोग हुनु आपत्तिजनक र खेदजनक छ रहेको पौडेलको बुझाइ छ ।

प्रशासनिक शक्तिको दुरुपयोग गरेको भन्दै महाधिवेशनको लागि अशुभ हुने पौडेलले चेतावनी दिएका छन् ।

पार्टीको सिद्धान्त र निष्ठा लोकतन्त्र, तर व्यवहार अलोकतान्त्रिक भन्दै उनले लेखेका छन्, ‘नेपाली कांग्रेस पार्टीको इतिहासमै आन्तरिक निर्वाचनमा यसरी शक्तिको दुरुपयोग हुनु आपत्तिजनक र खेदजनक छ । महाधिवेशनको लागि यो शुभ संकेत होइन ।’

क्रियाशील सदस्यको विवादका कारण जिल्ला पार्टीले अधिवेशन स्थगित गरेको थियो । तर, शुक्रबार ५२ वटै वडामा अधिवेशन शुरू भएको निर्वाचन अधिकृतले जनाएका थिए ।

जिल्ला पार्टी सभापति कर्ण मल्लेले पनि शुक्रबार बिहानै सशस्त्र र जनपथ पठाएर निर्वाचन गराइएको आरोप लगाएका थिए ।

पौडेलले शुक्रबार बिहान सभापति देउवासँग भेटवार्ता समेत गरेका थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा