शनिबार, साउन ९ २०८३
ताजा अपडेट

एमसीसी पारित गर्नु जनताका लागि विष सरह हुन्छ : सांसद सुवाल


  • शुक्रबार, भाद्र २५ २०७८
10.7K
SHARES

फाईल तस्बिर

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता पारित गर्नु नेपाली जनताका लागि विष सरह हुने टिप्पणी गरेका छन् । विश्वलाई नै दुःख दिने नियतका साथ आएको एमसीसी सम्झौताबारे दुविधामा नपर्न प्रतिनिधिसभाका सांसदहरुलाई उनले आग्रह गरे ।

नेकपा एमालेका सांसदहरुको चर्को नाराबाजीबीच शुक्रबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सुवालले भने, ‘अमेरिकी साम्राज्यवादले संसारलाई दुःख दिने कुरा संसारका सबै जनतालाई थाहा भएकै कुरा हो । यो यथार्थता नेपाली जनताले पनि बुझिसकेका छन् । यो विषयमा संघीय संसदका सबै माननीयहरु दुविधामा पर्नु आवश्यक छैन । बुढो बाघले शिकार गर्न नसकेपछि चुरा देखाउने र झम्टने कथा हामी सबैलाई थाहा छ । विष भनी थाहा पाइकन खाए के हुन्छ ? एमसीसी त्यही हो । अमेरिकी अधिकारीहरुले सयथरी कुरा गर्दैछन् । हामी उनीहरुका कुरामा फस्नु हुन्न ।’

उनले राष्ट्रघाती एमसीसी सम्झौताको विरोधमा प्रर्दशन गर्दा आफ्ना पार्टीका कार्यकर्तामाथि प्रहरीले दमन गरेको भन्दै सरकारको चर्को आलोचना गरे ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा