शनिबार, साउन ९ २०८३
ताजा अपडेट

बालकृष्ण थापाको महाधिवेशन प्रतिनिधिमा उम्मेद्वारी दिने घोषणा


  • शुक्रबार, भाद्र २५ २०७८
20.7K
SHARES

बालकृष्ण थापा /फोटो फेसबुकबाट

लामो समयदेखि काङ्ग्रेसमा क्रियाशील रहेका उपत्यका निर्माण व्यवसायी सङ्घका अध्यक्ष समेत रहेका बालकृष्ण थापाले आसन्न १४ औँ नेपाली काँग्रेस महाधिवेशनमा खुला तर्फ दोलखा जिल्लाबाट महाधिवेशन प्रतिनिधि उम्मेद्वारी घोषण गरेका छन्।

निर्माण व्यवसायमा सक्रिय थापा  राजनीति लाई पेसा बनाउन नहुने र पेसा गर्ने मान्छेहरू राजनीतिमा लागे भने मात्रै मुलुक अगाडि बढ्ने कुरामा विश्वास गर्छन् ।

राजनीतिलाई नै पेसा बनाएर हिँडेकाले भ्रष्टाचार मौलाएको बताउने थापा  काँग्रेसी युवाहरूलाई निर्माण व्यवसाय तर्फ आकर्षित गरेर स्वदेशमै रोजगार बनाउने चाहाना रहेको उनको भनाई छ ।

अब राजनीतिक होइन आर्थिक विकास जरुरी छ । सोही अनुसार आफू निर्माण व्यवसायी भएकाले दोलखा काङ्ग्रेसका युवाहरूको आर्थिक विकास गर्नका लागि राजनीतिमा ब्यवसायीहरुको आवश्यकता रहेको थापाले बताए ।काङ्ग्रेस प्रेमी युवाहरूलाई निर्माण व्यवसायी बनाउने मुख्य उद्देश्य रहेको थापाको भनाइ छ । ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा