बुधबार, कार्तिक ५ २०८३
ताजा अपडेट

एमसीसीको पक्षमा लाग्ने शेरबहादुर,बाबुराम र रामशरण महतहरू सँग गजुरेल फाएर, के सम्म भने ?


  • शुक्रबार, भाद्र २५ २०७८
11.2K
SHARES

नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलले शेरबहादुर, बाबुराम, रामशरण महतहरूलाई राष्ट्र हित नचाहिएको कारण एपसीसीको पक्षमा रहेको टिप्पणी गरेका छन् ।

आज बिहान नेपाली रेडियो नेटवर्क एनआरएनको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता गजुरेलले एमसीसी कुनै हालतमा नेपाल र नेपालीको हितमा नभएको भनेका छन् । नेपाल र नेपालीको हितमा नभएको कुरा आफू र आफ्नो पार्टीलाई मान्य नहुने बताउँदै एमसीसी राष्ट्र घाती रहेको टिप्पणी गरेका हुन् ।

आफ्नु पार्टीले  विरोधका लागि विरोध नगरेको दाबी पनि गजुरेलले गरे । उनले भने, “युएसएआईडीले मलेरिया उन्मूलन गरिदिँदा हामीले अमेरिकालाई धन्यवाद दिएकै हो । एमसीसी भन्दा बढी पैसा एनसेलसँग उठाएर गरे भइहाल्यो नि । आफ्नै स्रोत परिचालन गर्न सकियो भने धेरै योजना बन्न सक्छन् । एससीसीका लागि नेपालले किन मरिमेट्नु पर्‍यो र ? हामीले टनकपुर सन्धिको विरोध गरेका थियौं, त्यति बेला पश्चिमबाट घाम उदाउँछ, सुतासुती अर्बौँ आउँछ भन्ने केपी ओली नै होइनन् ? परिणाम के आयो, सबैलाई थाहा छ  भनेर सरकार र एमसीसीको कडा आलोचना गरेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा