बुधबार, कार्तिक ५ २०८३
ताजा अपडेट

 सीपी गजुरेल एमसीसी प्रकरणमा सरकार प्रति नमज्जाले खनिए, आगो हुँदै के भने ?


  • शुक्रबार, भाद्र २५ २०७८
9.8K
SHARES

फाइल तस्विर

नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेल एमसीसी प्रकरणमा सरकारप्रति खनिएका छन् । नेपालमा राष्ट्र भक्त र राष्ट्र घाती दलाल हरूको कित्ताकाट यो एमसीसीले गरिदिएको भन्दै सरकारको आलोचना गरेका छन् ।

रेडियो नेटवर्क एनआरएनको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता गजुरेलले कुनै पनि हालतमा एमसीसी नेपाल र नेपालीको हितमा नभएको जिकिर गरेका छन् । उनी सरकार प्रति अझ कडा रुपमा प्रस्तुत हुँदै भनेका छन् एमसीसी उपाध्यक्षहरूको लस्करलाई सरकारले किन बोलाएको र नेपालमै आएर एमसीसी पास गर्न पर्छ भन्नु आन्तरिक मामिलामा हस्तक्षेप हो भन्दै नेता गजुरेल सरकार प्रती फाएर बनेका छन् ।

नेता गजुरेलले एमसीसी परियोजना ल्याउनुको उद्देश्य नेपालको आर्थिक विकासभन्दा पनि चीनसँग प्रतिस्पर्धा र सामरिक गतिविधिका लागि भएको पनि आरोप लगाए । उनले भने, “अमेरिका एमसीसीका नाममा नेपालका बहुमूल्य धातु, खनिज र जलस्रोत कब्जा गर्न आएको हो । त्यसैले यो राष्ट्रघाती परियोजना हो ।”

शेरबहादुर देउवा, बाबुराम भट्टराई, रामशरण महतहरुलाई राष्ट्रहित नचाहिने पनि उनले बताए । उनले भने, “एमसीसीबाट उनीहरुका व्यक्तिगत र पार्टीगत हित होला, राष्ट्रहित हुँदैन ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा