प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनका नेताहरूसँग मन्त्रीहरूको नामावली चाँडो उपलब्ध गराउनु पर्ने भन्दै गठबन्धन नेताहरू सँग मागेका छन् ।
शुक्रवार बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकमा प्रधानमन्त्री देउवाले मन्त्रीहरूको नाम छिटो दिन आग्रह गर्दै मन्त्रीहरूको नाम नदिए आफै अगाडि सरेर भए पनि मन्त्री मण्डल बिस्तार गर्नु पर्ने बाध्यता आउन सक्ने समेत बताएको स्रोत बताउँछ ।
प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिन ढिलाइ भइसकेको भन्दै आ–आफ्नो पार्टीमा मन्त्रीहरूको चाँडो नाम टुङ्ग्याउन आग्रह गरेको बताइएको छ ।
बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समानवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल लगायतको उपस्थिति थियो ।
देउवाले १-२ दीन भित्रै मन्त्रीमण्डललाई पूर्णता दिने बताउँदै सबै दलका नेतालाई मन्त्रीहरूको नाम उपलब्ध गराउनु पर्नेमा सबै नेताहरूलाई अग्र गरेका थिए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।