माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) उपाध्यक्ष फतिमा सुमारबीच भेटवार्ता भएको छ ।
भेटवार्ताका लागि उपाध्यक्ष सुमारसहितको टोली शुक्रबार बिहान प्रचण्ड निवास खुमलटार पुगेको थियो । उनीहरुबीच करिब एक घण्टा कुराकानी भएको थियो ।
स्रोतका अनुसार अहिलेकै अवस्थामा जस्ताको तस्तै एमसीसी पास गर्न नसकिने प्रचण्डले बताएको भनिएको छ तर खास के कुरा भयो भन्ने विषय सार्वजनिक गरिएको छैन छैन ।
बिहीबार नेपाल आएलगत्तै सुमारले राजनीतिक भेटवार्ता जारी राखेकी छिन् । प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबाट राजनीतिक भेटवार्ता सुरु गरेकी उनले बिहीबारै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराईसँग छलफल गरेकी थिइन् ।
उनले प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्मासँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।