शुक्रबार, असोज ८ २०७८
ताजा अपडेट

अस्पतालमा आगलागी, १४ को मृत्यु


  • KTM Khabar
  • बिहिबार, भाद्र २४ २०७८
2.1K
SHARES

फाइल तस्विर

एजेन्सी। उत्तरी मेसेडोनियाको एक अस्पतालमा आगलागी हुँदा १४ जनाको मृत्यु भएकाे छ । कोरोना भाइरसबाट संक्रमित भएकाहरुको उपचार हुँदै आएको तेतोभो शहरस्थित अस्पतालमा आगलागी भएको हो ।

स्थानीय समय अनुसार बुधबार लागेको आगलागी र यसबाट भएको मानवीय क्षतिबारे मेसेडोनियाली अधिकारीले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी गराएका हुन् ।

अग्निनियन्त्रकले आधा घण्टाभित्रै आगलागी नियन्त्रणमा लिएपनि घटनामा १४ जनाको मृत्यु भएको र दर्जनौ घाइते भएकाका थिए । घाइतेमध्ये अधिकांशको अवस्था गम्भीर रहेको स्वास्थ्य मन्त्री वेन्को फिलिपेले बताए।

उनले घाइते अवस्थामा उद्धार गरिएका कैयौँ व्यक्ति धुवाँको मुस्लोमा निशासिएर मृत्युवरण गरेको र केहीलाई स्वासप्रश्वासमा समस्या रहेको छ भने करिब एक दर्जन सख्त घाइते अवस्थामा रहेका छन् ।
घटनास्थललाई सुरक्षाकर्मीले घेरेर राखेकोे बताउँदै एक स्थानीयले भने, “सरकारले जानकारी गराएकोभन्दा निकै धेरै क्षति भएको हुनसक्ने अनुमान गरिएको छ । मृतक तथा घाइतेका आपन्तजनले घटनाको शीघ्र छानबीन गरी दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा