शुक्रबार, असोज ८ २०७८
ताजा अपडेट

माधव नेपालले एमसीसी मार्फत अमेरिकी सेना छिर्ने प्रमाण देखाएपछि फातिमा रातो पीरो


  • KTM Khabar
  • बिहिबार, भाद्र २४ २०७८
12.2K
SHARES

काठमाडौँ — नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जस्ताको तस्तै एमसीसी पास गर्न नसकिने बताएका छन् । एमसीसी उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्ससहितको टोलीलाई नेपालले स्पष्ट एमसीसी पास नगर्ने जवाफ दिएका हुन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा एसका अध्यक्ष नेपालले एमसीसी नेपाली जनताको अहिलतमा भएकाले यसलाई जस्ताको तस्तै पास गर्न नकिने बताएका हुन् । जवाफमा फातिमाले एमसीसी सम्झौता पास गरेमा नेपालको पक्षमा रहेको र नगरेमा अहितमा हुने बताएकी थिइन ।

सिंहदरबारस्थित संसद् सचिवालयमा झन्डै साढे १ घण्टा नेपालसहितका नेताहरूसँगको छलफलका क्रममा एमसीसीको टोलीले सम्झौता पास गर्नका लागि दबाब भने नदिने बताएको नेकपा (एस)का प्रवक्ता गंगालाल तुलाधरले जानकारी दिए ।

‘उहाँहरूले नेपाल सरकारका प्रश्न र पठाएका उत्तरका बारेमा पनि कुरा गर्नुभयो । हामीले पनि धेरै प्रश्न गर्‍यौं । प्रश्नका उत्तर दिने काम गर्नुभयो । धेरै कुरा स्पष्ट पार्ने कोसिस गर्नुभयो,’ बैठकबारे तुलाधरले भने, ‘हामीले ४ वर्षदेखि थाती रहेको विषय अहिले संयुक्त सरकारमा छौं सबैसँग छलफल गर्नुस् भन्यौं ।’

एमसीसी नेपाली जनतासँग जोडिएको विषय भएकाले नेपालको हितमा रहेको सुनिश्चित रहेको खण्डमा मात्रै अगाडि बढाउन आफूहरू सहमत हुने जवाफ दिएको पनि तुलाधरले जानकारी दिए । नेपालले ‘तपाईका मन्त्रीले नै यो परियोजना इण्डो प्यासिफिक रणनीतिको हो भन्नु भएको छ नी’ भनेर प्रश्न गरेपछि फातिमा रातो पिरो भएको उनको भनाई छ ।

‘यो नेपाली जनतासँग जोडिएको विषय हो । जनताको हितमा छ भन्ने कुराको सुनिश्चित होस् भनेका छौं,’ उनले थपे, ‘उहाँहरूले हामीबाट धेरै अपेक्षा गरेको पाइयो । एमसीसी जनताको हितमा हो, अर्को स्वार्थको लागि होइन भन्नुभयो । यो पारित गर्नुहुन्छ नेपालको हितमा छ, गर्नुहुन्न भने तपाईंहरूको अहितमा छ भन्ने कुरा गर्नुभयो ।’

सुमारको टोलीले भनेको कुरा उल्लेख गर्दै तुलाधरले थपे, ‘हामी कुनै पनि हिसाबबाट दबाब दिनका लागि आएका होइनौं भन्नुभयो ।’

जवाफमा अध्यक्ष नेपालले जनता र राष्ट्रको हितमा भए नभएको कुरा सुनिश्चिता खोज्ने बताएको तुलाधरले जानकारी दिए । एमसीसीबारे नेपालबाट मात्रै नभई अमेरिकी अधिकारीबाट पनि भ्रम र आशंका उत्पन्न हुने अभिव्यक्ति आएको स्मरण गराइएको पनि उनले बताए ।

‘जनता र राष्ट्रको हितभन्दा पर गएर कुनै पनि कुरा गर्न सक्दैनौं । जे खालका आशंका, भ्रम उत्पन्न भएका छन् ती हामीबाट मात्रै होइन, तपाईंबाट पनि भएका छन् । अमेरिकी सरकारका जिम्मेवार अधिकारीबाट आशंका उत्पन्न हुने अभिव्यक्ति आएका छन् भन्यौं,’ बैठकमा भएका कुराबारे जानकारी दिने क्रममा तुलाधरले भने ।

नेपाल राष्ट्रको अहितमा छ भन्ने लाग्यो भने त्यसको पक्षमा कुनै पनि हालतमा नजाने बताएको तुलाधरको भनाइ थियो । तत्कालीन नेकपामा एमसीसी कार्यदल गठन भएको र झलनाथ खनाल संयोजक रहेको कार्यदलले दिएका सुझाव पनि स्मरण गराइएको उनले जानकारी दिए ।

बैठकमा नेकपा ९एस०को तर्फबाट अध्यक्ष नेपाल, पूर्वराजदूत प्रमेश हमाल, तुलाधर, मोहन गौतमलगायत सहभागी थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा