शनिबार, साउन ९ २०८३
ताजा अपडेट

सर्वोच्च अदालतको आदेशले भारतलाई झट्का, सम्पूर्ण नेपालीमा खुशीयाली


  • बिहिबार, भाद्र २४ २०७८
15.1K
SHARES

फाइल तस्विर

काठमाडौँ — नेपाली जनतालाई सर्वोच्च अदालतले अर्को खुशी दिएको छ । भारतीय कम्पनी मद्रास सेक्युरिटी प्रिन्टर्ससँग काम नगर्न सर्वोच्चले आदेश दिएपछि नेपाली जनतामा खुशीयाली छाएको हो ।

सर्वोच्चले आन्तरिक राजश्व विभागलाई भारतीय कम्पनी मद्रास सेक्युरिटी प्रिन्टर्ससँग तत्काल अन्तःशुल्क स्टिकर छपाइ सम्झौता नगर्न आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले मंगलबार कारबाहीमा परेको उक्त कम्पनीसँग तत्काल सम्झौता नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

आन्तरिक राजश्व विभागले २०७७ असोज २८ मा अन्तःशुल्क स्टिकर छपाइ सम्बन्धी बोलपत्र प्रकाशन गरेको थियो । उक्त बोलपत्र खोल्दा न्यून रकम कबुल गरेको भारतीय कम्पनी मद्रास सेक्यूरिटी प्रिन्टर्सलाई विभागले ‘सारभूत रूपमा प्रभावग्राही’ ठहर्‍यायो ।

भदौ १५ मा विभागले सम्झौता गर्नका लागि आशयपत्र समेत जारी गर्‍यो । त्यसपछि नेपाली उद्योगीले अन्तःशुल्क स्टिकरको छपाइसम्बन्धी बोलपत्रमा भाग लिन नपाउने गरी सर्त राखेर विभागले बोलपत्र आह्वान गरेको भन्दै मण्डिखाटारका मिराज प्रिन्टिङ सोलुसन्सका सञ्चालक गुन्जना ढुंगाना र हाँडिगाउँस्थित स्प्रिन्ट प्रिन्टिङ एण्ड प्याकेजिङका सञ्चालक शिशिर नाहाटाले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

उनीहरूले विभागले आह्वान गरेको बोलपत्रमा प्रतिस्पर्धा गर्न पाउनु नेपाली उद्योग व्यवसायीको हक भएको दाबी गरेका थिए । बोलपत्रमा भाग लिनबाट वञ्चित गर्नका लागि नेपाली उद्योगीले पूरा गर्न नसक्ने आसान्दार्भिक योग्यताहरू समावेश गरिएको दाबी पनि गरेका थिए ।

उनीहरू यसअघि यस्तै विवादमा दुई पटक सर्वोच्च अदालत पुगिसकेका थिए । सर्वोच्च अदालतले २०७६ को फागुन १२ र २०७७ को चैत २४ मा ‘अन्तःशुल्क स्टिकरको छपाई गर्दा आह्वान गरिने बोलपत्रमा नेपाली उद्योगी व्यवसायीलाई समेत समावेश गर्ने बन्दोबस्त गर्नू’ भन्ने आदेश दिएको थियो । अ

दालतको त्यस्तो आदेशलाई कार्यान्वयन नगरी आफूहरूलाई प्रतिस्पर्धाबाट वञ्चित गर्नेगरी फेरी आह्वान गरिएको बोलपत्र र त्यसबमोजिम हुन लागेको सम्झौता रोक्न माग गरेका थिए ।

त्यही निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश सुवेदीको इजलासले भदौ ३० मा दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । त्यतिञ्जेलका लागि मद्रास सेक्युरिटी प्रिन्टर्ससँग कुनै सम्झौता नगर्न पनि सर्वोच्चले राजश्व विभागलाई आदेश दिएको हो ।

निवेदनहरूले मद्रास सेक्युरिटी प्रिन्टर्स भारतमा आधार कार्ड छपाइमा, बैंक अफ मोरिसर्सले बैंक चेक छपाइमा, केन्यामा अन्तःशुल्क छपाइमा कालो सूचीमा परेको कम्पनी भएको दाबी गरेका छन् । उनीहरूले त्यस्तो कम्पनीलाई अन्तःशुल्क स्टिकर छपाइको जिम्मेवारी दिन नहुने माग पनि गरेका छन् ।

सर्वोच्च अदालतको आदेशमा भनिएको छ, ‘सार्वजनिक खरीद प्रक्रियाको कारबाहीमा निलम्बनमा परेको कम्पनीसँग आशयपत्र बमोजिम ठेक्का सम्झौता सम्बन्धी प्रक्रिया अगाडि नबढाउन’, यथास्थितिमा राख्नू ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा