शनिबार, साउन ३० २०८३
ताजा अपडेट

फतिमा भेटेपछि माधव नेपाल बने युटर्न


  • बिहिबार, भाद्र २४ २०७८
15.3K
SHARES

एमसीसी उपाध्यक्ष फतिमा सुमार तथा टोलीसंगको भेटवार्तामा माधव कुमार नेपाल

मेलिनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमारलाई भेटेपछि नेकपा एसका अध्यक्ष माधव कुमार नेपालको बोली फेरिएको छ ।

एमसीसी खारेजीका लागी भन्दै नेकपा एस निकट जनसंगठनहरुले चर्को आन्दोलन गरिहेका छन् तर माधव कुमार नेपालले भने गठबन्धनमा सल्लाह गरेर एमसीसी संसदबाट पास गराउँने बचन दिएका छन् । फतिमा सुमार र सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच आज बेलुका भेटवार्ता भएको थियो ।

नेपाल निवास कोटेश्वरमा भएको भेटवार्तामा सुमारले एमसीसी अनुमोदन प्रक्रिया बढाउन आग्रह गरेकी थिइन् । जवाफमा नेपालले यसबारे सत्ता गठबन्धनमा छलफल भैरहेको र एमसीसीबारे साझा दृष्टिकोण बनाएर प्रचलित कानूनअघि अघि बढाउन जवाफ दिएका छन् ।

नेपालले भेटमा एमसीसीका कतिपय प्रावधानमा जिज्ञासा राखेको स्रोतले जनाएको छ । उपाध्यक्ष सुमारले बुधबार नै यसबारे जवाफ दिएको र अमेरिका खुला संवादका लागि तयार रहेको बताएकी थिइन् ।

सुमारले आजै दिउँसो एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि भेटेकी थिइन् । ओलीले सत्तारुढ दलले पोजिसन क्लियर गरेपछि मात्र एमालेले दृष्टिकोण बनाउने बताएका थिए । काठमाडौंको चारदिने भ्रमणमा आएकी सुमारले प्रधानमन्त्री र अर्थमन्त्रीसहित सबै दलका नेताहरुलाई भेट्ने कार्यक्रम छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा