काठमाडौँ — सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई ४२० भोल्टको जस्तै झट्का दिएको छ । कांग्रेसको महाधिवेशन रोक्न माग गर्दै परेको रिट खारेज गरेपछि उनलाई ४२० भोल्टको जस्तै झट्का लागेको हो ।
केही समय सभापति पद लम्ब्याउन सकिन्छकी भनेर आफू नजिकका मान्छेलाई अदालतमा रिट हाग्न लगाएका देउवालाई रिट खारेज भएपछि झट्का लागेको हो ।
अब निर्धारित समयमा अधिवेशन गर्नुको विकल्प छैन् । प्रधानमन्त्रीसमेत रहेको देउवाले विभिन्न बहान बनाउँदै १४ महाधिवेशन गर्ने मिति सार्दै आएका थिए ।
कांग्रेसका महासमिति सदस्य एवं वाग्मती प्रदेशका सांसद नरोत्तम वैद्यले कोरोना महामारी नियन्त्रण नभएसम्म महाधिवेशन रोक्न माग गर्दै १८ भदौमा रिट दायर गरेका थिए ।
बिहीबार सो रिटमाथिको सुनुवाइका क्रममा न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले रिट निवेदन खारेज गरिदिएको हो ।
वैद्यले रिटमार्फत् महामारीको समयमा महाधिवेशन गर्दा कोभिड–१९ को संक्रमण फैलिन सक्ने भन्दै नियन्त्रण भएपछि मात्रै महाधिवेशन गर्ने गरी आदेश माग गरेका थिए ।
बैद्य तिनै सांसद हुन् जो केपी ओलीलाई हत्या गर्न आफू तयार भएको भन्दै बागमति प्रदेशसभामा बोलेका थिए । प्रधानमन्त्रीमा बहाल हुँदा ओलीले देशलाई तहस नहस बनाएको भन्दै नाथुराम गोडसे बन्न तयार रहेको अभिव्यक्ति दिएका थिए ।
उनले संसद्मा थप भनेका थिए, ‘कोही नाथुराम गोडसे बन्न तयार छैन भने म बन्ने कि !’ गोडसे भारतीय नेता महात्मा गान्धीलाई गोली हानी हत्या गर्ने व्यक्ति हुन्।
नेपाली कांग्रेसको १४औं महाधिवेशन मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमै हुदैछ । यसअघि भदौ १६ देखि १९ गते गर्ने तय भएको महाधिवेशन क्रियाशील सदस्यता विवादका कारण सरेको थियो ।