नेकपा एमाले विभाजन गराएर नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष बनेका माधव कुमार नेपाललाई एमाले नेता गोाकुल बास्कोटाले कडा जवाफ फर्काएका छन् ।
परमादेश बाट बनेको सरकारले ल्याएको अध्यादेशमा टेकेर एमाले विभाजन गराउँने माधव नेपालको हरिबिजोग हुने बास्कोटाले ठोकुवा गरेका छन । २० प्रतिशतको अध्यादेश ल्याएर पार्टी फुटाउँनेहरु हरु अहिले जनप्रतिनिधी पुग्दा ९ प्रतिशत खुम्चीएको भन्दै उनले अब नेकपा एस पार्टीनै कोल्याप्स हुने जिकिर गरेका छन् ।
सामाजिक संजाल मार्फत आफ्नो धारणा व्यक्त गर्दै बास्कोटाले अध्यादेशलाई जाली तमसुक भनेका छन् । चुनाव पछि एक प्रतिशत मत पनि नेकपा एसले ल्याउँन नसक्ने दावी गर्दै बास्कोटाले व्यंग्य गर्दै भनेका छन् कोल्याप्स खाएपछि एकिकृत समाजवादी यात्राले सगरमाथा पुगेर समाजवाद कार्यन्वयन भएको घोषणा गर्छ।
समाजिक संजालमा गोकुल बास्कोटाले लेखेका छन् ‘अध्यादेश मार्फत २०% को जाली तमसुक बनाउनेहरु जनप्रतिनीधीमा पुग्दा ९% मा पुगेछन।अब कार्यकर्तामा जादा २% उक्लन्छन।चुनाबमा जनताबाट 0.87% कोल्याप्स खाएपछि एकिकृत समाजवादी यात्राले सगरमाथा पुगेर समाजवाद कार्यन्वयन भएको घोषणा गर्छ।’
एमाले र नेकपा एसका नेताहरु एक अर्कालाई चर्को सँग हिलो छ्यापाछ्याप गर्नमै व्यस्त छन् । एकले अर्कालाई सके सम्म भित्तमै पुयाउँनलाई बेजोडको प्रतिस्पर्धा नै चलेको छ भन्दा पनि हुन्छ । निर्वाचन आयोगले दिएको अन्तिम सिमामा नेकपा एसले एमाले बाट धेरै जनप्रतिनिधी तान्न नसके पछि एमाले नेताहरु थप हौसिएका छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।