शनिबार, साउन ३० २०८३
ताजा अपडेट

एमसीसी बारे बल्ल बोले रवि लामिछाने !


  • बिहिबार, भाद्र २४ २०७८
16.7K
SHARES

एममीसी बारे नबोलेको भनेर चर्को आलोचना भए पछि संचारकर्मी रवि लामिछानेले बल्ल आफ्नो धारणा व्यक्त गरेका छन् ।

सामाजि संजाल मार्फत आफ्नो विचार राख्दै लामिछानेले फेरी पनि गोलमाल जवाफ दिएका छन् । टेलिभिजनको कामले बोल्न नभ्याएको भन्दै एमसीसी जस्तो देशकै सार्वभौमिकताको बिषयमा जोडिएको बिषयमा पनि उनले हलुका जवाफ दिएका छन् ।

अहिले पनि एमसीसीको पक्ष वा विपक्ष के हो भन्ने नखुलाई लामिछानेले एमसीसीको विरोध गर्न सकेका छैनन् । संशोधन सहित संसद बाट एमसीसी पास गर्नु पर्ने पक्षको कित्तामा उनले आफुलाई उभ्याएका छन् । नेपालको संविधान भन्दा माथी नरहने गरि एमसीसी पास गर्नु पर्ने आसय उनले व्यक्त गरेका छन् ।

एमसीसीकी उपाध्यक्ष फतिया सुमार नेपाल आएको दिन बल्ल रविले मुख खोलेका छन् । सामाजिक संजाल मार्फत रविले व्यक्त गरेका धारण यस्तो छ हेर्नुस जस्ताको तस्तै :

एमसीसी बारे मैले त त्यति बेला नै बोलेको थिएं जति बेला केही मानिसहरु बोल्दा वा नबोल्दाको फाइदार बेफाइदा हिसाब गर्दै थिए। हेर्न, सुन्न, बुझ्न छुटाउनु हुनेहरुकालागि फेरि पनि दिहोर्याएर भन्छुस् बिना परिमार्जन जस्ताको तस्तै लागू हुने भएको खण्डमा म एमसीसी को बिपक्षमा छु।

एमसीसी का बुंदाहरु संशोधन हुदैनन् भन्ने अमेरिकी अडान सँगै, बिना संशोधन संसदबाट पारित हुनु हुदैन भन्ने मेरो अडानपनि कायम नै रह्यो। लिखित जवाफ मार्फत एमसीसी अमेरिकाले नेपालको संविधान भन्दा माथी यो सम्झौता होइन भनेछ। त्यसो भए त्यो र अन्य त्यस्ता बुदा संशोधन गर्न के को आपत्ति रु मैले नबुझेको रहेछु भने बिज्ञहरुले बुझाइदिनु होला। सच्चिन तयार छु। तथ्य फेरिएछ भने धारणा फेरौला।

नोट: कुनै पनि विषयमा यस्ले आफ्नो धारणा राखिदिए हुन्थ्यो भन्ने स्वभाविक जिज्ञासालाई उच्च सम्मान गर्दछु।हाल म ग्यालेक्सी फोर के को अन्तिम तयारीमा अत्यन्तै ब्यस्त हुन पुगेका कारण कयौं विषयमा बोल्न पाएको छैन।त्यसकालागि क्षमा गर्नु होला तर तपाईंको प्रतीक्षाले अब महिना दिन पनि काट्ने छैन। छुटेका सारा हिसाब अब छिट्टै र सोझै ग्यालेक्सी फोर के मार्फत नै हुन्छन्। कुनै प्रश्न बाँकी भए अघिल्लो लाइन दोहोर्‍याएर पढिदिनु होला। धन्यवाद।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा