अवैध रुपमा क्यान्सरको औषधि बिक्री वितरण गरेको आरोपमा प्रहरीले काठमाडौंबाट एक जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–४ घर भई बुढानीलकण्ठ नगरपालिका–८ गल्फुटार बस्ने १९ वर्षीय प्रवल भण्डारीलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।
गल्फुटार क्षेत्रमा क्यान्सरको उपचारमा प्रयोग हुने महंगा औषधिहरु ल्याएर अवैध रुपमा कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा महाशाखाको टोलीले बुधबार उनलाई नियन्त्रणमा लिएको महाशाखाका सूचना अधिकृत प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले बताए ।
भण्डारीले भारतमा रहेका आफन्तमार्फत उक्त औषधि मगाएर लामो समयदेखि काठमाडौंका विभिन्न औषधि पसल, अस्पताल तथा क्यान्सर रोगका बिरामीलाई गैरकानूनी रुपमा बिक्री गर्ने गरेको देखिएको महाशाखाको भनाइ छ । पक्राउ परेका भण्डारीलाई थप अनुसन्धानको लागि भन्सार कार्यालय गौचरमा पठाइएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।