शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

प्रहरी भन्दै त्रियुगा पुलमा पैसा माग्ने गाईघाटका ३ युवक प्रहरी खोरमा


  • बिहिबार, भाद्र २४ २०७८
10.7K
SHARES

उदयपुर । आफू सादा पोसाकको प्रहरी भएको भन्दै सर्वसाधरणलाई धम्क्याएर पैसा, सामान जफत गर्ने तिन युवा प्रहरी खोरमा पुगेका छन् । बसपार्कस्थित त्रियुगा पुल नजिकै आवतजावत गर्ने सर्वसाधरणलाई ठगि गर्ने तिन युवालाई सदरमुकाम गाईघाटबाट पक्राउ गरेको हो ।

त्रियुगा नगरपालिका वडा नम्बर ३ स्थित त्रियुगा पुलमा ‘सिभिल प्रहरी हुँ’ भन्दै सर्वसाधरणसँग भएको पैसा र सामान माग्दै गरेको अवस्थामा समातिएको उदयपुर प्रहरी प्रवक्ता डीएसपी बेदप्रसाद गौतमले जानकारी दिए । प्रवक्ता गौतमका अनुसार पक्राउ पर्नेहरुमा स्थानीय २३ वर्षीय दिनेश खत्री, शिवालयटोलका २३ वर्षीय अबिनाश कार्की र डीएम गेट बस्ने २५ वर्षका बिष्णु तामाङ रहेका छन् ।

राती ८ः०० बजेको समयमा सो क्षेत्रमा प्रहरी गस्ती पातलिएको मौका छोपी नागरिक सताउने कार्य गरेको बताइएको छ । समातिएका तीन जनाको समूहले ‘तपाईहरुको साथमा के छ रु पैसालगायत अन्य सामान हामिलाई दिनू’ भन्दै शरीर तथा झोला चेकजाँच गर्दै गरेको अवस्थामै उनीहरु फेला परेको प्रवक्ता गौतमको भनाई छ ।

सर्वसाधरणलाई ती युवाहरुको गतिबिधिप्रति शंका लागेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पिछा गर्दै तत्काल घटनास्थल आइपुगेको प्रहरीले उनीहरुलाई पक्राउ गरेको जनाइएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा